नेपालगन्जमा निःशुल्क मास्क प्रदान गर्ने ‘मास्क बैंक’ सञ्चालन


नेपालगन्जमा निःशुल्क मास्क प्रदान गर्ने ‘मास्क बैंक’ सञ्चालन

नेपालगन्ज ३ जेठ : कोभिड प्रतिकार्यमा खटिएका ब्यक्ति तथा नागरिकहरुका लागि बासले नेपालगन्जमा मास्क बैंक सञ्चालनमा ल्याएको छ ।

कोभिड प्रतिकार्यमा खटिरहेका महानुभाब र गाउँ–बस्तीमा रहेका नागरिकहरुलाई निःशुल्क मास्क उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको मास्क बैंकको सोमबार एक कार्यक्रमका बिच सञ्चालनमा ल्याइएको हो ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शम्शेर राणा र उप प्रमुख उमा थापा मगरले मास्क बैंको उद्घाटन गरे ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– १० भृकुटिनगरमा सञ्चालन भएको मास्क बैंकको उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख डाक्टर राणाले कोरोना सक्रमणबाट बचाउने सबै भन्दा भरपर्दो मास्क हुने भन्दै बैंकले मास्कको अभाव पुरा गर्ने विश्वास ब्यक्त गरे ।

Kanti Aarogya Hospital Nepalgunj

उनले कोभिड नियन्त्रणका लागि बाँके जिल्ला मै उत्कृष्ट कार्य गरिरहेको बासले मास्क बैंक सञ्चालन गरेकोमा धन्यबाद ज्ञापन गरे । उनले मास्क बैंकमा सबैले सक्दो सहयोग तथा सहकार्य गर्न अपील गरेका छन् ।

बासका कार्यकारी निर्देशक नमस्कार शाहले कार्यक्रमको उद्देश्य बारे प्रष्ट पारेका थिए । उनले मास्क बैंक स्थापना गर्ने बिषयमा सार्वजनिक गरे पश्चात विभिन्न स्थानबाट सहयोग प्राप्त भईरहेको बताए ।

मास्क बैंक उद्घाटन कार्यक्रममा धन्यबाद ज्ञापन सहित कार्यक्रमको समापन बासका अध्यक्ष रमेश सिटौलाले गरेका थिए । मास्क बैंक बास नेपाल नेपालगन्जको सञ्चालन तथा ब्यवस्थापन र नेपलीज अमेरीकन च्याम्बर अफ कर्मस डल्लास, टेक्सस यूएसएको सहकार्यमा स्थापना गरिएको हो ।