सिमकोट ४ जेठ : सात गाउँपालिका रहेको हिमाली जिल्ला हुम्लाका पाँच गाउँपालिकामा कोरोना संक्रमणको दर बढ्दो क्रममा रहेको छ ।
पाँच गाउँपालिकामा रहेका ग्रामीण बस्तीहरुमा कोरोनाको आशंका लागेपछि परीक्षण गर्दा संक्रमितको संख्या दैनिक बढ्दै गएको छ ।
खार्पुनाथ र उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाबाहेक सिमकोट, सर्केगाड, चंखेली, ताँजाकोट र अदानचुली गाउँपालिकामा कोरोना संक्रमणको जोखिम बढेको छ । नाम्खा र खार्पुनाथ गाउँपालिकामा अहिलेसम्म परीक्षण नगरिएकाले संक्रमित नभेटिएको हो ।
हालसम्म जिल्लाका पाँच गाउँपालिकामा ३९४ जनामा कोरोना परीक्षण गर्दा ७५ मा कोरोना संक्रमण पुष्टि भएको छ । ११ जना संक्रमणमुक्त भइसकेका छन् ।
हालसम्म ताँजाकोटमा ९८ जनामा परीक्षण गर्दा २९ मा संक्रमण पुष्टि भएको छ । अदानचुलीमा २० जनामा परीक्षण गर्दा सात, सर्केगाड गाउँपालिकामा ७४ मा ११ तथा चंखेली गाउँपालिकामा सोमबार मात्रै ४४ जनामा परीक्षण गर्दा आठमा संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालय हुम्लाका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए ।
यस्तै, सदरमुकाम सिमकोटमा रहेको जिल्ला अस्पतालमा गरिएको परीक्षणमा हालसम्म २० जनामा संक्रमण देखिएको थियो ।
जिल्लाका स्थानीय तहले आफ्ना मातहतका गाउँमा बिरामी संख्या बढेपछि आफ्नै खर्चमा एन्टिजेन कीट खरिद गरी कोरोना परीक्षणको दायरालाई बढाइरहेका छन् ।
जिल्लामा पहिलोपटक नेपालगन्ज र सुर्खेतबाट आएका आठ यात्रुको सिमकोट विमानस्थलमा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो । त्यसयता दैनिक रूपमा स्वास्थ्य सेवा कार्यालयले कोरोना परीक्षण गरिरहेको र संक्रमित फेला पर्ने क्रम बढिरहेको कार्यालय प्रमुख प्रेमबहादुर सिंहले बताए । -रासस
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?