बाँकेमा २८ जना प्रहरीले कोरोना जिते : एसपी राना
File Photo
नेपालगन्ज ४ जेठ : कोरोना माहारी नियन्त्रणमा फ्रन्टलाईनमा उभिएर काम गर्दा गर्दै देशभर नेपाल प्रहरीका पाँच सय जनालाई कोरोना संक्रमण भएको छ । यसबीचमा दुईजनाको मृत्यु भएको छ ।
कोरोना संक्रमणको दोस्रो लहरमा सुरक्षासहित स्वास्थ्य क्षेत्रको व्यवस्थापनमा खटिएका प्रहरी नै असुरक्षित बनेका हुन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार संक्रमित हुनेमा देशमै सबैभन्दा बढी काठमाडौं उपत्यकाकै छन् । पछिल्लो समय प्रहरीले संगठनमा भएको संक्रमणको विवरण सार्वजनिक गरेको छैन ।
यसअघि पहिलो चरणमा कोरोना संक्रमणका कारण देशभर ६ जना प्रहरीले ज्यान गुमाएका थिए । यो सँगै कोभिड–१९ बाट ज्यान गुमाउने प्रहरीको संख्या ८ पुगेको छ ।
यता जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार दोस्रो चरणको कोरोना लहरमा बाँकेका ३९ प्रहरी संक्रमित भइसकेकाछन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख ओमबहादुर रानाका अनुसार बाँकेमा कार्यरत ३९ जना प्रहरी कोरोनाको चपेटमा परेका हुन् ।
प्रहरी प्रमुख रानाका अनुसार मङ्गलबार दिउँसोसम्म संक्रमित ३९ जनामध्ये २८ जनाले कोरोना जितेकाछन् । भने ३ जना आइसोलेसन सेन्टर र ८ जना होम आइसोलेसनमा बसि स्वास्थ्य लाभ लिइरहेकाछन् ।
सेतोखरीसंग कुरा गर्दै बाँकेका प्रहरी प्रमुख रानाले भने–‘कोरोना भाइरस संक्रमणसंगै देश र जनताको सुरक्षामा खटिएका प्रहरीलाई स्वास्थ्य मापदण्ड पालान गरि सुरक्षितसंग कार्यक्षेत्रमा खटिन निर्देशन दिएकाछौं ।’
‘दोस्रो लहरले सबैलाई आक्रान्त बनाएकोछ । जोकोही संक्रमित भइरहेकाछन् । स्वास्थ्य मापदण्ड पालना गर्दागर्दै जनताका लागि अहोरात्र खट्ने प्रहरी नै असुरक्षित बनेपछि अन्य प्रहरीमा मनोबल समेत घट्न नदिन आफू लागिपरेको छु ।’ एसपी रानाले भने – ‘संक्रमित प्रहरीहरुमा तिव्ररुपमा स्वास्थ्य सुधार भएकोछ । कोरोना जितेर नियमित काम समेत उहाँहरु फर्किसक्नु भएकोछ । कसैलाई पनि जटिल प्रकारको स्वास्थ्य अवस्था आएको छैन ।’
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?