नेपालगन्ज ४ जेठ : देशभर थप ६ हजार ८९१ जनालाई कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशभर ३ लाख ५२ हजार ४१४ जना संक्रमित निको भइसकेका छन् ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८ हजार २०३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा गरिएको २० हजार २८६ जनाको पीसिआर र ६ सय ९३ जनाको एन्टीजेन परीक्षणमा थप ८ हजार २०३ जनालाई संक्रमण पुष्टि भएको हो । पीसिआर विधिबाट ८ हजार १३६ र एन्टीजेन परीक्षणबाट ६७ जना संक्रमित पुष्टि भएका हुन् ।
योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या एक लाख १४ हजार ५२९ पुगेको छ । देशभर ७५२ जना व्यक्ति क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १९६ जना संक्रमितको मृत्यु भएको छ । योसंगै हालसम्म नेपालमा ५ हजार ४११ जना संक्रमितको मृत्यु भएको छ ।