नेपालगन्ज ४ जेठ : देशभर थप ६ हजार ८९१ जनालाई कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशभर ३ लाख ५२ हजार ४१४ जना संक्रमित निको भइसकेका छन् ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८ हजार २०३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा गरिएको २० हजार २८६ जनाको पीसिआर र ६ सय ९३ जनाको एन्टीजेन परीक्षणमा थप ८ हजार २०३ जनालाई संक्रमण पुष्टि भएको हो । पीसिआर विधिबाट ८ हजार १३६ र एन्टीजेन परीक्षणबाट ६७ जना संक्रमित पुष्टि भएका हुन् ।
योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या एक लाख १४ हजार ५२९ पुगेको छ । देशभर ७५२ जना व्यक्ति क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १९६ जना संक्रमितको मृत्यु भएको छ । योसंगै हालसम्म नेपालमा ५ हजार ४११ जना संक्रमितको मृत्यु भएको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?