नेपालगन्ज ४ जेठ : माइती नेपाल नेपालगन्जले भेरी अस्पताल नेपालगन्जलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
कोरोना संक्रमित जटिल अवस्थाका बिरामीहरुको उपचार केन्द्र रहेको भेरीलाई मंगलबार अस्पताल परिसरमा उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।
नेपालगन्ज उपमहानगरपालिको नगरपालिकास्तरीय संरक्षण बिषयगत क्षेत्र समन्वय समिति मार्फत उपमेयर उमा थापा मगरले अस्पताल बिकास समितिका अध्यक्ष प्रमोद धिताल, समितिका सदस्य सचिव एंव अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डाक्टर प्रकाश थापालाई स्वास्थ्य सामाग्री प्रदान गरियो ।
माइती नेपाल नेपालगन्जका केशव कोइरालाका अनुसार कोरोना महामारी नियन्त्रण तथा बिरामीहरुको उपचारमा खटिएका अस्पतालमा स्वास्थ्य सामाग्रीको अभाव हुन नदिन यो सामान प्रदान गरिएको हो । अस्पताललाई माइती नेपालले प्रदान गरेको स्वास्थ्य सामाग्री प्रयाप्त त छैन, संयोजक कोइरालाले भने, तर थोरै–थोरै सबै क्षेत्रले सहयोग गर्ने हो भने यो बिपत्तिसंग सामाना गर्न अस्पताललाई सहज हुन्छ ।
स्वास्थ्य सामाग्रीमा पिपिई २० थान, सर्जिकल माक्स १ हजार ७ सय ५० पिस, सेनिटाईजर १२ लिटर, सर्जिकल ग्लब्स ६ प्याकेट रहेको छ । सामाग्री हस्तान्तरणका समय जिल्ला आपतकालिन कार्य संचालन केन्द्र बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवाली, पत्रकार दुर्गा रोकायको समेत उपस्थिति रहेकोे थियो ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?