छोरीको जन्मदिनमा स्टाफ नर्स झसिन्द्राले एम्बुलेन्स खरिद गर्न गरिन सहयोग


छोरीको जन्मदिनमा स्टाफ नर्स झसिन्द्राले एम्बुलेन्स खरिद गर्न गरिन सहयोग

नेपालगन्ज ४ जेठ : नेपाल पत्रकार महासंघ बाँके शाखाको एम्बुलेन्स खरिदका लागि स्टाफ नर्स झसिन्द्रा कसीले सहयोग गरेकी छन् । भेरी अस्पताल नेपालगन्जमा कार्यरत स्टाफ नर्स केसीले आफ्नो छोरी दिव्यांसी डाँगीको पहिलो जन्मदिनका अवसरमा उक्त सहयोग गरेकी हुन् ।

महासंघको एम्बुलेन्स खरिदका लागि भन्दै स्टाफ नर्स केसीले मङ्गलबार पत्रकार कमल न्यौपानेमार्फ महासंघ बाँकेलाई ५ हजार ५ सय रुपैयाँ सहयोग रकम प्रदान गरिन् ।

यसअघि पनि विभिन्न अवसरमा अनाथ बालबालिका, जेष्ठ नागरिक लगायत विविध क्षेत्रमा सहयोग गदै आएकी स्टाफ नर्स केसीले महासंघको उदाहरणी कार्यलाई सहयोग गर्ने मनसायले उक्त रकम प्रदान गरेको बताइन् ।

यस्तै महासंघ बाँकेको एम्बुलेन्स खरिद अभियानलाई समर्थन गर्दै ‘कोभिड हेल्फ सेल्फ समुह’ सुर्खेतले सहयोग गरेकोछ । समुहका संयोजक सुदीप पुरीले उक्त रकम आज(मङ्गलबार) पत्रकार न्यौपाने मार्फत नगद १० हजार सहयोग गरेको हो ।

Kanti Aarogya Hospital Nepalgunj

यसैगरी नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सचिव जयसिंह केसीले महासंघ बाँके शाखाले सञ्चालन गर्ने एम्बुलेन्स खरिदका लागि नगद २० हजार सहयोग गरेकाछन् । महासंघ बाँकेका उपाध्यक्ष एमब एम्बुलेन्स खरिद ‘आर्थिक सहयोग संकलन समिति’ का संयोजक संगीन शर्मालाई मङ्गलबार सहयोग बफत रकमको चेक प्रदान गरे ।

महासंघ बाँके शाखाको गत शुक्रबार सम्पन्न बैठकले एम्बुलेन्स खरिद गर्ने निर्णय गर्दै एम्बुलेन्स खरिदका लागि सार्वजनिक आह्वान गरेको थियो । महासंघको यस्तो आह्वानपछि यतिबेला स्वःस्फुर्त रुपमा सहयोग जुट्न थालेको छ ।

महासंघ बाँके शाखाले कोरोना महामारीलाई मध्यनजर राख्दै पत्रकार तथा आमनागरिकलाई सर्वसुलभ रुपमा सेवा प्रदान गर्न एम्बुलेन्स खरिद गर्न लागेको हो ।

एम्बुलेन्स खरिदका लागि विभिन्न ब्यक्ति, निकाय तथा संस्थाबाट स्वःस्फुर्त रुपमा सहयोग जुट्न थालेको महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले बताए ।

‘महासंघले एम्बुलेन्स खरिद गर्न लागेको जानकारी पाएपछि धेरैलाई चासो बढेको छ, कतिले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ, भने कतिपयले सहयोग हस्तान्तरण गरिसक्नु भएको छ,’ भण्डारीले भने ।

एम्बुलेन्स खरिदका लागि महासंघ जिल्ला कार्यसमितिको तर्फबाट एक लाख रुपैयाँ जम्मा गर्ने बैठकबाटै निर्णय गरिएको छ ।

यसअघि एम्बुलेन्स खरिदका लागि समाजसेवी एवम् ब्यापारी विवेक राजभण्डारीले ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरिसकेकाछन् ।

एम्बुलेन्स खरिद गरिसकेपछि सञ्चालन र ब्यवस्थापनको सम्पुर्ण काम महासंघ बाँके शाखाले नै गर्नेछ । एम्बुलेन्सको आर्थिक व्यवस्थापनका लागि सात सदस्यीय ‘आर्थिक सहयोग संकलन समिति’ गठन गरि सहयोग जुटाउन लागिपरेकोछ ।