नेपालगन्ज : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य सेवाका कर्मचारीको समायोजनको सूची सार्वजनिक गर्दा नेपालगन्ज स्थित भेरी अस्पतालमा नर्स लगायतको जनशक्ति खाली भएको छ ।
स्वास्थ्य सेवामा यो झनै चुनौतीपूर्ण र पेचिलो बनेको छ । सरकारी सेवामा रहेका चिकित्सक आन्दोलित छन । भेरी अस्पताल कार्यरतमध्ये ३५ जना कर्मचारी प्रदेशमा समायोजन गरिएका छन् । जसमा २७ स्टाफ नर्समध्ये दुई जना नर्सिङ अधिकृतसहित आठ जना संघमा परेका छन् ।
अरू १९ जना प्रदेशमा परेको अस्पतालका निमित्त प्रमुख रूपानन्द अधिकारीले बताए ।
बुधबारदेखि नर्स र ल्याव कर्मचारीविहीन जस्तै भएको अस्पतालका निमित्त प्रमुख अधिकारी बताउँछन् । अस्पतालको क्षमतावृद्धिका लागि विकास समितिले बेड थपे पनि चिकित्सकको दरबन्दी थप नगरेको अवस्थामा समायोजनका नाममा भएका कर्मचारी पनि प्रदेशमा पठाउँदा अस्पताल नर्स तथा ल्याव कर्मचारीविहीन झै हुन पुगेको उनले जानकारी दिए ।
उनका अनुसार अस्पतालमा रहेको ४३ जना नर्सको दरबन्दीमा अहिले करीब २६ जना नियमित सेवामै थिए । केही नर्सहरू सुत्केरी तथा अध्ययन बिदामा छन् । भएका नर्समध्ये मन्त्रालयले अहिले १६ जनाबढीलाई प्रदेशमा पठाएको छ उनले भने अब हामीसँग आठ जना मात्रै नर्स संघमा रहेका छन् । कसरी गुणस्तरीय सेवा प्रवाह हुन्छ ।’
सरकारी मापदण्ड अनुसार एउटा नर्सले एक सिफ्टमा ६ जनासम्म विरामी हेर्नुपर्नेमा यहाँ एउटैले १५ जनासम्म विरामी हुर्नुपर्ने अवस्था छ । ल्याबमा रहेका ६ जना सबै कर्मचारी प्रदेशमा गएपछि भेरी अस्पतालको ल्याव पनि खाली भएको उनले बताए । सरकारले जनशक्ति उत्पादन र खपत गर्ने नीति तथा योजना बनाउन नसक्दा समस्या बढ्दै गएको हो । सरकारी मापदण्डअनुसार एउटा नर्सले एक सिफ्टमा ६ जनासम्म बिरामी हेर्नुपर्नेमा यहाँ एउटैले १५ जनासम्म बिरामी हेर्नुपर्ने अवस्था छ ।