नेपालगन्ज ५ जेठ : पछिल्लो २४ घण्टामा देशभर सात हजार ९ सय ८९ जना कोराना संक्रमित निको भएका छन् । योसँगैँ नेपालमा हालसम्म तीन लाख ६० हजार ४१३ जना संक्रमित निको भईसकेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय देशभर थप ८ हजार १ सय ७३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसिआर र एन्टीजेन परीक्षणमा थप ८ हजार १ सय ७३ जनामा संक्रमण भेटिएको हो ।
देशभर पीसिआर परीक्षणबाट ८ हजार ६४ र एन्टीजेन परीक्षणबाट १०९ जना संक्रमित पुष्टि भएका हुन् ।
मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा थप २ सय ४६ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा ५ हजार ६५७ जना संक्रमितको मृत्यु भएको छ ।
देशभर सक्रिय संक्रमितको सख्ंया एक लाख २२ हजार ७०२ पुगेको छ । भने देशभर ८५४ जना व्यक्ति क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।