बाँकेमा प्रहरीका लागि अक्सिजनसहितको आइसोलेसन तयार


बाँकेमा प्रहरीका लागि अक्सिजनसहितको आइसोलेसन तयार

नेपालगन्ज ५ जेठ : कर्तव्य पालनको दौरानमा कोरोना भाइरसबाट संक्रमित हुने प्रहरीहरुका लागि जिल्ला प्रहरी कार्यालय बाँकेले अक्सिजनसहितको आइसोलेसन तयार पारेकोछ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाका अनुसार ४ बेड अक्सिजनसहति १० बेड क्षमता भएको आइसोलेसन तयार पारिएको हो ।

नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर–१० गणेशमान चोकमा रहेको निःशुल्क लागू औषध परामर्श केन्द्रको भवनमा उक्त आइसोलेसन बनाइएको छ ।

मध्यपश्चिम क्षेत्रीय प्रहरी अस्पताल नेपालगन्जको प्राबिधिक सहयोग र सहकार्यमा आईसोलेसन केन्द्र स्थापना गरिएको प्रहरी प्रमुख रानाले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

उनका अनुसार दोस्रो भेरियन्टको कोरोना संक्रमणका कारण बाँकेका ४१ जना प्रहरी कर्तब्य पालनको क्रममा संक्रमित भएकाछन् । जसमध्ये बुधबार बेलुकासम्म ३१ जनाले कोरोना जितेका छन् भने एक जना भेरी अस्पताल, २ जना व्हाईटहाउसको आईशोलेशन र ७ जना होम आइशोलेशनमा बसेर स्वास्थ्य लाभ गरिरहेकाछन् ।