नेपालगन्ज ५ जेठ : कर्तव्य पालनको दौरानमा कोरोना भाइरसबाट संक्रमित हुने प्रहरीहरुका लागि जिल्ला प्रहरी कार्यालय बाँकेले अक्सिजनसहितको आइसोलेसन तयार पारेकोछ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाका अनुसार ४ बेड अक्सिजनसहति १० बेड क्षमता भएको आइसोलेसन तयार पारिएको हो ।
नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर–१० गणेशमान चोकमा रहेको निःशुल्क लागू औषध परामर्श केन्द्रको भवनमा उक्त आइसोलेसन बनाइएको छ ।
मध्यपश्चिम क्षेत्रीय प्रहरी अस्पताल नेपालगन्जको प्राबिधिक सहयोग र सहकार्यमा आईसोलेसन केन्द्र स्थापना गरिएको प्रहरी प्रमुख रानाले बताए ।
उनका अनुसार दोस्रो भेरियन्टको कोरोना संक्रमणका कारण बाँकेका ४१ जना प्रहरी कर्तब्य पालनको क्रममा संक्रमित भएकाछन् । जसमध्ये बुधबार बेलुकासम्म ३१ जनाले कोरोना जितेका छन् भने एक जना भेरी अस्पताल, २ जना व्हाईटहाउसको आईशोलेशन र ७ जना होम आइशोलेशनमा बसेर स्वास्थ्य लाभ गरिरहेकाछन् ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?