१८ जनाको सफल शल्यक्रिया
नेपालगन्ज ६ जेठ : कोभिड–१९ संक्रमणको दोस्रो लहर सुरु भएसंगै वैशाख पहिलो सातादेखि कोभिड संक्रमित उपचार सेवा दिइरहेको नेपालगन्जको वेष्टर्न हस्पिटलले बेड संख्या थप गरेकोछ ।
वैशाख पहिलो सातादेखि ४ बेड राखेर कोभिड–१९ संक्रमित विरामीको शल्यक्रिया सेवा दिइरहेको वेष्टर्नले बेड संख्या बढाएर १६ बेड पु¥याएको छ ।
वेष्टर्न हस्पिटल प्रा लि विगत १५ वर्ष देखि नेपालगन्जमा संचालन हुदै आएको ५० बेडको अस्पताल हो । नेपाल सरकारबाट संचालन स्वीकृती लिई यस अस्पतालले अर्थाेपेडिक, ट्रमा, जनरल सर्जरी र प्रसुति र स्त्री रोग सम्बन्धी उपचार सेवा प्रदान गर्दै आएको छ ।
वेष्टर्नले यो अवधिसम्म अर्थाेपेडिक र ट्रमा सम्बन्धि १३ वटा, जनरल सर्जरीका ३ वटा र प्रसुति तथा स्त्रीरोगसँग सम्बन्धि २ वटा गरी कुल १८ जना कोभिड–१९ संक्रमित विरामीको सफल शल्यक्रिया सहितको उपचार सेवा प्रदान गरि सकेको छ ।
पछिल्ला दिनहरुमा संक्रमित बिरामीहरुको संख्या बढ्दै गए पछि ४ बेडले संक्रमित बिरामीको चाप धान्न नसक्ने अवस्था सिर्जना भएकाले बुधबारदेखि १२ वटा बेड थपेर १६ बेडको कोभिड–१९ डेडिकेटेड वार्ड सञ्चालनमा ल्याएको वेष्टर्न हस्पिटलका प्रबन्ध निर्देशक डाक्टर राहुल थापाले जानकारी दिए ।
कोभिड डेडिकेटेड वार्ड सञ्चालन भएपछि यस क्षेत्रका अर्थाेपेडिक, ट्रमा, जनरल सर्जरी र प्रसुति तथा स्त्रीरोगसँग सम्बन्धित संक्रमित बिरामीहरुलाई शल्यक्रिया सहितको उपचार सेवा पाउन थप सहज हुने हस्पिटलका प्रबन्ध निर्देशक डाक्टर थापा बताउँछन् ।
वेष्टर्न हस्पिटलमा अर्थाेपेडिक र ट्रमा बिभागमा डाक्टर बिनोद थापा, डाक्टर किरन गुरुङ, डाक्टर वसन्त सापकोटाले बिरामीहरुको उपचार गरिरहेका छन् ।
यस्तै जनरल सर्जरी बिभागमा डाक्टर रुपानन्द अधिकारी, डाक्टर प्रबिन गुप्ता र डाक्टर धु्रब शाहले उपचार सेवा दिदै आएका छन् ।
यसैगरी स्त्री तथा प्रसुतिरोगसँग सम्बन्धित बिरामीहरुलाई डाक्टर कल्पना थापा, एनेसथेसिया र क्रिटिकल केयर सहितको उपचारमा डाक्टर निर्मल ज्ञवाली र डाक्टर पारस पाण्डेले उपचार सेवा दिदै आएकाछन् ।
प्रबन्ध निर्देशक डाक्टर थापाका अनुसार कोभिड–१९ डेडिकेटेड वार्ड सञ्चालनमा आएपछि संक्रमित बिरामीहरुलाई नेपालगन्ज मै सहज रुपमा शल्यक्रिया सहितको गुणस्तरीय उपचार सेवा प्रदान गर्न सहज भएकोछ ।