देशभर थप ६५४३ जनाले कोरोना जिते


देशभर थप ६५४३ जनाले कोरोना जिते

नेपालगन्ज ६ जेठ : देशभर ६ हजार ५ सय ४३ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसंगै हालसम्म देशभर तीन लाख ६६ हजार ९४६ संक्रमित निको भई डिस्चार्ज भइसकेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा १९० जना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म ५ हजार ८४७ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ८८ हजार ६ सय ४५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र ८ हजार ३ सय ५ जना संक्रमित थपिएसंगै देशभर संक्रमितको संख्या ४ लाख ८८ हजार ६ सय ४५ पुगेको हो । जसमध्ये १ लाख १५ हजार ८ सय ५२ जना सक्रिय संक्रमित छन् ।

Kanti Aarogya Hospital Nepalgunj

देशभरका प्रयोगशालामा २१ हजार ६९५ जनाको पीसिआर र ३९३ जनाको एन्टीजेन परीक्षण गर्दा आठ हजार ३०५ जना संक्रमित पुष्टि भएका हुन् । पीसिआरबाट आठ हजार २२७ र एन्टीजेनबाट ७८ संक्रमित पुष्टि भएका हुन् ।

यस्तै, देशभर सक्रिय संक्रमितको संख्या एक लाख १५ हजार ८५२ पुगेको छ । देशभर हाल २ हजार बढी जना कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा छन् ।

१ हजार ७ सय ४८ आइसीयू र ४९२ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ । यसअघि बुधबार १ हजार ९ सय ९९ जना संक्रमित आइसीयू र भेन्टिलेटरमा थिए ।