नेपालगन्ज ६ जेठ : नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १० का युवराज शाह कोभिड संक्रमण भएपछि शुरुमा भेरी अस्पताल हुँदै उप–महानगरपालिकाले सञ्चालन गरेको रामलिला मैदानस्थित आईसोलेसनमा बसे ।
बिहीबार कोभिड निको भई घर फिर्ता हुनेक्रममा शाहले कोभिड रोकथाम र नियन्त्रणका लागि नेपालगन्जले गरेको प्रयासको प्रशंसा गरे ।
नेपालगन्जले निःशुल्क पीसिआर परीक्षण र एन्टिजिन परीक्षण, निःशुल्क एम्बुलेन्स सेवा, आईसोलेसनमा बस्नेहरुको लागि खाना र नास्ताको व्यवस्था गर्दै आएको भन्दै उनले आईसोलेसन बसाई एकदमै राम्रो भएको बताए ।
आईसोलेसनको सम्पूर्ण सेवा र अन्य व्यवस्थापन राम्रो भएको उनको भनाई छ । रामलिला मैदानस्थित आईसोलेसनमा चिकित्सकसँगै स्वास्थ्यकर्मीले नियमित रेखदेख गर्दै आएका छन् ।
आईसोलेसनमा गरिएको सम्पूर्ण व्यवस्थापन एकदमै राम्रो छ, डिस्चार्ज हुनेक्रममा शाहले भने,– ‘नगरबासीका लागि उपमहानगरले गरेको प्रयास आफैमा सह्रानीय छ ।’
नेपालगन्ज उप–महानगरपालिकाका उपप्रमुख उमा थापा मगरले कोभिड रोकथाम र नियन्त्रणका लागि सुरुवातदेखि नै नेपालगन्जले आवश्यक तयारी सहित लागिपरेको बताईन ।
आईसोलेसनमा नगर प्रमुख डाक्टर धवलशम्शेर राणा, उपप्रमुख मगर सहित दैनिकजसो पुगेर विरामीको अवस्था बारे जानकारी लिने तथा स्वास्थ्यकर्मीसँग आवश्यक छलफल गर्ने गरेकाछन् ।
नेपालगन्जले रामलिला मैदान र ह्वाईटहाउसमा आईसोलेसन केन्द्र सञ्चालन गर्दै आएको छ । नगरको वडा नम्बर–४ र वडा नम्बर–१२ पनि पनि आईसोलेसन केन्द्र सञ्चालनमा छ ।