नेपालगन्ज ६ जेठ : नेपाल टेलिभिजन कोहलपुर प्रशारण केन्द्रलाई स्वास्थ्य सामाग्री सहयोग गरिएको छ ।
बासद्वारा सञ्चालित मास्क बैंकको संयोजनमा रेरी चिसापानीका अध्यक्ष पुनित बिक्रम शाहले ५ लिटरको सोडियम क्लोराइड सहित १६ लिटरको रुम स्प्रे ट्यांकी सहयोग गरेका हुन् ।
नेपाल टेलिभिजनका जिल्ला सम्बाददाता रुद्र सुबेदीलाई उक्त स्वास्थ्य सामाग्री बिहीबार हस्तान्तरण गरिएको हो ।
मास्क बैंकबाट बासका कार्यकारी निर्देशक नमस्कार शाह, उपाध्यक्ष लुना बुढाथोकी र निर्देशक हेमराज भट्टले सुबेदीलाई २ हजार एमएल स्यानिटाईजर र १ हजार थान सर्जिकल मास्क प्रदान गरेका थिए ।