परीक्षा नलिई एसईई पास गराइदैँ, कक्षा– १२ को परीक्षा गर्ने तयारी


परीक्षा नलिई एसईई पास गराइदैँ, कक्षा– १२ को परीक्षा गर्ने तयारी

File Photo

नेपालगन्ज ७ जेठ : कोभिड–१९ संक्रमणका कारण स्थगित भएको एसईई परीक्षा यसवर्ष पनि नहुने भएकोछ ।

देशमा कोभिडको संक्रमितको दर बढ्दै गएपछि यस वर्ष पनि गत वर्ष झैं आन्तरिक मूल्यांकन गरि विद्यार्थी पास गरिने भएकोछ ।

राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा–१२ को परीक्षा सम्बन्धमा विभिन्न सरोकारवाला निकायसँग गरेको छलफल यस्तो निष्कर्षमा निकालिएको हो ।

राष्ट्रिय परीक्षा बोर्डले बोर्डको महानिर्देशक वैकुण्ठप्रसाद अर्याल संयोजकत्वको कार्यदलले समयमै परीक्षा गराउन बिहीबार भर्चुअल छलफल चलाइए पछि परीक्षा गराउन सकिने वैकल्पिक मोडेलका बारेमा छलफल गरिएको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

कक्षा–१० को परीक्षा पुरानै शैलीमा गत वर्षजस्तै गरी मूल्यांकन गर्ने विषय छलफलमा उठे पनि यसपटक कक्षा–८ र ९ लाई पनि मूल्यांकनको आधार बनाउने र १० को पढाइ न्यूनतम सिकाइ पुगेको अवस्थामा पढाउने शिक्षकले नै मूल्यांकन गरेर प्रमाणपत्र दिनेबारेमा छलफल भएको हो ।

कक्षा–१२ को हकमा अन्तर्राष्ट्रिय मान्यता चाहिने हुँदा हतार नगरी परीक्षा लिने र साउनको क्यालेण्डर बनाउने विषयमा छलफल भएको छ । यसको अर्थ कक्षा–१२ को परीक्षा साउनमा हुनेछ ।

स्थिति भयावह रहे प्रश्न इमेलबाट पठाउने, घरमै बसेर लेख्ने, कुनै निश्चित समयमा उत्तर पठाउने र उत्तरपुस्तिका शिक्षकले नै जाँच्नेजस्ता विकल्पमा भर्चुअल छलफल विचारविमर्श गरिएको थियो ।

नयाँ संविधान जारी भएपछि विद्यालय सिकाइलाई दुई चरणमा बाँडिएको छ । कक्षा–८ सम्म एउटा र ९ देखि १२ सम्म अर्को तहमा राखिएको छ । यो संरचनाअनुसार कक्षा–१० को राष्ट्रिय परीक्षा खारेज हुनुपर्ने सरोकारवालाको मत छ । तर, कानून संशोधन नगरी अझै सरकारले एसईईलाई केन्द्रितकृत गरी राष्ट्रिय परीक्षा बनाउनु स्थानीय तहको अधिकार खोसिएको विज्ञले बताउँदै आएकाछन् ।

बोर्डले गएको वैशाख २७ गते सूचना जारी गर्दै अर्को सूचना नआएसम्म कक्षा–१० र कक्षा–१२ को परीक्षा स्थगित गरेको थियो । सोही दिन कार्यदल गठन गरी परीक्षाका वैकल्पिक विधिबारे बोर्डले छलफल चलाउन थालेको हो ।