सहपाठी क्लबद्वारा अन्जनीमाता रसोईलाई एक लाख सहयोग


सहपाठी क्लबद्वारा अन्जनीमाता रसोईलाई एक लाख सहयोग

नेपालगन्ज ७ जेठ : सहपाठी क्लब नेपालगन्जले भेरी अस्पतालका बिरामी र कुरुवालाई खाना खुवाउन एक लाख रुपैयाँ सहयोग गरेको छ ।

सहपाठी क्लब महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा शैक्षिक शत्र २०५७–०६० मा स्नातक तहमा अध्ययन गरेका विद्यार्थीको संंगठन हो ।

क्लब सदस्य नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगर, युवा नेता रत्न खत्री, नेपाल प्रहरीका डीएसपी हेमबहादुर शाही, पत्रकार जयनारायण शाह, रुपन ज्ञवाली, जेन्टिल गौतम, लोकेन्द्र भण्डारी, दीपेन सिंहसहितको टोलीले संयुक्त रुपमा बिहीबार अस्पताल परिसरमा २० रुपैयाँमा खाना खुवाइरहेको श्रीसुन्दरकाण्ड मित्र मण्डल अञ्जनी माता रसोइलाई एक लाख एक हजार ५१ रुपैयाँ हस्तान्तरण गरेका हुन् । ४१ सदस्यले व्यक्तिगत रुपमा रकम संकलन गरेका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

रकम संकलन गर्नेमा उमा थापा मगर, जयनारायण शाह, रत्न खत्री, हेमबहादुर शाही, जनक नेपाल, जेन्टिल गौतम, रुपन ज्ञवाली, खगेन्द्र खनाल, विष्णु बेल्वासे, खगेन्द्र शाही, विष्णु पोख्रेल, धर्र्म खड्का, सीपी अधिकारी, लोकेश भण्डारी, दीपेन्द्र सिंह, खगेन्द्र पहाडी, ऋषिराम शर्मा, नारायण चालिसे, बुद्धि राना, नमिता श्रेष्ठ, विनोद ज्ञवाली, खगेन्द्र पुरी, घनश्याम बराल, कृष्ण बुढा, बिष्णुबहादुर खत्री, सुवेक्षा शाह, शिवजी पौडेल, कृष्ण थापा, शकुन शर्मा, हरि बेल्वासे, राजिवनरसिंह केसी, कल्पना शाह, देवेन्द्र पौडेल, निरञ्जना मल्ल, शिक्षा राणा, सृजना श्रेष्ठ, बालकृष्ण चौधरी, राजन शर्मा, भाष्कर रेग्मी, चन्द्रकुमार थारु र अनिल विश्वास रहेका थिए ।

समूहका सदस्य जयनारायण शाहले सहपाठीबीचको सहकार्यबाट आगामी दिनमा पनि यस्तै मानवीय सहयोग गर्ने बताएका छन् ।

‘विपद्का बेला क्याम्पस पढ्ने सहपाठीहरुको सहकार्यमा मानव कल्याणका लागि सकारात्मक सन्देश प्रवाह गर्न उद्देश्यले सहयोग गरेका हौं’ उनले भने –‘हाम्रो सानो प्रयास र सहयोगले यस विषम परिस्थितीमा ठूलो सहयोग गरेको छ ।’