नेपालगन्ज ७ जेठ : नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष एबम महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषी चौलागाई कोरोना संक्रमित भएकाछन् ।
केहीदिनदेखि अस्वस्थ महसुस गरिरहेका उपाध्यक्ष चौलागाईले ५ गते भेरी अस्पताल नेपालगन्जमा पीसिआर जाँच गराएका थिए । भेरी अस्पताल नेपालगन्जमा जाँच गराएको पीसिआर रिर्पोट आज शुक्रबार पोजेटिभ आएको हो ।
सेतोखरीसंग कुरा गर्दै पत्रकार चौलागाईले भने–‘मेरो पीसिआर रिर्पोट पोजेटिभ आएकोछ । कोरोना संक्रमणबाट म पनि अछुतो हुन सकेन ।’ उनले भने–‘मेरो स्वास्थ्य अवस्था सामान्य छ । कम्मर दुख्ने र आलस्य लाग्ने जस्तो लक्षण छ । अहिले होम आइसोलेसनमा बसेकोछु ।’
कोरोना पोजेटिभ पत्रकार चालागाईकी श्रीमतीले समेत कोराना आशंकामा हिजो पीसिआर जाँच गराएको र त्यसको रिर्पोट अझै नआएको उनले जानकारी दिए ।
उनको एक छोरी र एक छोरा छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० निवासी चौलागाईले भने–‘म बाहेक घरका अरु सदस्यलाई संक्रमण भएको छैन । परिवारका सदस्यदेखि अलग्गै होम आइसोलेसनमा बसिरहेकोछु ।’
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?