देशभर ८६०७ संक्रमित थपिदाँ ७८९० जनाले कोरोना जिते


देशभर ८६०७ संक्रमित थपिदाँ ७८९० जनाले कोरोना जिते

नेपालगन्ज ७ जेठ : देशभर थप ८ हजार ६०७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २३ हजार २ सय २६ जनाको पीसिआर र ८७३ जनाको एन्टीजेन परीक्षणबाट थप ८ हजार ६०७ जनामा संक्रमण भेटिएको हो ।

मन्त्रालयका अनुसार पीसिआरबाट ८ हजार ४०७ र एन्टीजेनबाट २०० जना संक्रमित पुष्टि भएका हुन् ।

यसैगरी पछिल्लो २४ घण्टामा देशभर थप १७७ जना संक्रमितको मृत्यु भएको छ । योसंगै नेपालमा ६ हजार २४ जना संक्रमितको मृत्यु भएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

मन्त्रालयका अनुसार देशभर थप ७ हजार ८९० जना संक्रमित निको भएका छन् । भने हाल देशभर ९१२ जना व्यक्ति क्वारेन्टिनमा रहेकाछन् ।

यस्तै देशभर हाल २ हजार २ सय २७ जना कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा छन् । एक हजार ७ सय १६ आइसीयू र ५११ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ । यसअघि बिहीबार २ हजार २ सय ४० जना संक्रमित आइसीयू र भेन्टिलेटरमा थिए ।