नेपालगन्ज ७ जेठ : देशभर थप ८ हजार ६०७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २३ हजार २ सय २६ जनाको पीसिआर र ८७३ जनाको एन्टीजेन परीक्षणबाट थप ८ हजार ६०७ जनामा संक्रमण भेटिएको हो ।
मन्त्रालयका अनुसार पीसिआरबाट ८ हजार ४०७ र एन्टीजेनबाट २०० जना संक्रमित पुष्टि भएका हुन् ।
यसैगरी पछिल्लो २४ घण्टामा देशभर थप १७७ जना संक्रमितको मृत्यु भएको छ । योसंगै नेपालमा ६ हजार २४ जना संक्रमितको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार देशभर थप ७ हजार ८९० जना संक्रमित निको भएका छन् । भने हाल देशभर ९१२ जना व्यक्ति क्वारेन्टिनमा रहेकाछन् ।
यस्तै देशभर हाल २ हजार २ सय २७ जना कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा छन् । एक हजार ७ सय १६ आइसीयू र ५११ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ । यसअघि बिहीबार २ हजार २ सय ४० जना संक्रमित आइसीयू र भेन्टिलेटरमा थिए ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?