देशभर ८९८० जनामा कोरोना पुष्टि, ८८४८ जनाले कोरोना जिते


देशभर ८९८० जनामा कोरोना पुष्टि, ८८४८ जनाले कोरोना जिते

नेपालगन्ज ८ जेठ : देशभर थप ८ हजार ९८० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार ९८० जनामा कोरोना पुष्टि भएको हो ।

देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ३ सय ५७ जनाको पीसिआर र ७ सय ४८ जनाको एन्टीजेन परीक्षणमा कुल ८ हजार ९ सय ८० जनामा कोरोना संक्रमण भेटिएको हो । जसमा पीसिआर विधिबाट ८ हजार ५ सय ९१ र एन्टीजेनबाट ३ सय ८९ जना संक्रमित पुष्टि भएको मन्त्रालयले जनाएकोछ ।

यसैगरि पछिल्लो २४ घण्टामा देशभर थप १२९ जना संक्रमितको मृत्यु भएको छ । योसंगै हालसम्म नेपालमा ६ हजार १ सय ५३ जना संक्रमितको मृत्यु भएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

मन्त्रालयका अनुसार शनिबार देशभर ८ हजार ८ सय ४८ जना संक्रमित निको भएका छन् । देशभर ८ सय ८६ जना व्यक्ति क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।