नेपालगन्ज ८ जेठ : देशभर थप ८ हजार ९८० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार ९८० जनामा कोरोना पुष्टि भएको हो ।
देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ३ सय ५७ जनाको पीसिआर र ७ सय ४८ जनाको एन्टीजेन परीक्षणमा कुल ८ हजार ९ सय ८० जनामा कोरोना संक्रमण भेटिएको हो । जसमा पीसिआर विधिबाट ८ हजार ५ सय ९१ र एन्टीजेनबाट ३ सय ८९ जना संक्रमित पुष्टि भएको मन्त्रालयले जनाएकोछ ।
यसैगरि पछिल्लो २४ घण्टामा देशभर थप १२९ जना संक्रमितको मृत्यु भएको छ । योसंगै हालसम्म नेपालमा ६ हजार १ सय ५३ जना संक्रमितको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार शनिबार देशभर ८ हजार ८ सय ४८ जना संक्रमित निको भएका छन् । देशभर ८ सय ८६ जना व्यक्ति क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?