बाँकेका थप २०३ जनाले कोरोना जिते


बाँकेका थप २०३ जनाले कोरोना जिते

File Photo

नेपालगन्ज ८ जेठ : बाँकेमा थप २०३ जनाले कोरोना जितेकाछन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार शनिबार ९९ महिला र १०४ पुरुष गरि २०३ जना डिस्चार्ज भएका हुन् ।

यस्तै केन्द्रका अनुसार बाँकेमा शनिबार थप ९५ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ ।

केन्द्रका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार जिल्लाका तीनवटा प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका ९५ जना अर्थात २२ प्रतिशत संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा भेरी अस्पताल, मेडिकल कलेज कोहलपुर र बागेश्वरी ल्यावमा ६ सय २४ जनाको नमूना परीक्षण हुँदा ४ सय ३१ जनामा संक्रमण पुष्टि भएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

जसमध्य बाँकेका ९५ मात्रै हुन भने अन्य ४ सय ३१ जना बर्दिया, कैलाली, दाङलगायतका छन् ।

यस्तै शनिबार बाँकेका अस्पतालमा १४ जनाको मृत्यु हुँदा बाँकेका चार जनारहेका छन् । बाँकी १० जना उपचारका लागि विभिन्न जिल्लाबाट आएका व्यक्तिहरु भएको फोकल पर्सन ओलीले बताए ।

यो समाचार तयार पार्दासम्म बाँकेका २७३ र बाँके जिल्ला बाहिरका २३२ गरि ५०५ जनाको मृत्यु भइसकेकोछ ।