File Photo
नेपालगन्ज ८ जेठ : बाँकेमा थप २०३ जनाले कोरोना जितेकाछन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार शनिबार ९९ महिला र १०४ पुरुष गरि २०३ जना डिस्चार्ज भएका हुन् ।
यस्तै केन्द्रका अनुसार बाँकेमा शनिबार थप ९५ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ ।
केन्द्रका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार जिल्लाका तीनवटा प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका ९५ जना अर्थात २२ प्रतिशत संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा भेरी अस्पताल, मेडिकल कलेज कोहलपुर र बागेश्वरी ल्यावमा ६ सय २४ जनाको नमूना परीक्षण हुँदा ४ सय ३१ जनामा संक्रमण पुष्टि भएको छ ।
जसमध्य बाँकेका ९५ मात्रै हुन भने अन्य ४ सय ३१ जना बर्दिया, कैलाली, दाङलगायतका छन् ।
यस्तै शनिबार बाँकेका अस्पतालमा १४ जनाको मृत्यु हुँदा बाँकेका चार जनारहेका छन् । बाँकी १० जना उपचारका लागि विभिन्न जिल्लाबाट आएका व्यक्तिहरु भएको फोकल पर्सन ओलीले बताए ।
यो समाचार तयार पार्दासम्म बाँकेका २७३ र बाँके जिल्ला बाहिरका २३२ गरि ५०५ जनाको मृत्यु भइसकेकोछ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?