भेरी अस्पताल नेपालगन्जका ल्याब प्रमुख प्रसन्न मिश्रा ।
नेपालगन्ज ९ जेठ : कोरोना भाइरस संक्रमण महामारिकाबीच हजारौं ब्यक्तिके स्वाब जाँच गरेका भेरी अस्पताल प्रयोगशालाका ल्याब टेक्नोलोजिस्ट प्रसन्न मिश्रा आफै संक्रमित बनेकाछन् ।
पहिलो चरणमा फैलिएको कोरोना महामारीका बेलादेखि हजारौं ब्यक्तिको स्वाब परीक्षणमा अहोरात्र खटिएका भेरी अस्पतालको प्रयोगशाला प्रमुख ल्याब टेक्नोलोजिस्ट मिश्रालाई हिजो (शनिबार) कोरोना संक्रमित पुष्टि भएको हो ।
भेरी अस्पताल प्रयोगशाला प्रमुख मिश्राको नेतृत्वमा गत वर्ष वैशाख १० गते पीसिआर ल्याबको स्थापना गरि बाँके लगायत आसपासका जिल्लाको स्वाव (पीसिआर) परीक्षण हुदैँ आएको छ ।
हालसम्म करिब ६६ हजार बढिको पीसिआर जाँच गरिसकेका अस्पतालका ल्याब टेक्नोलोजिस्ट मिश्रा आफै संक्रमित बनेपछि यतिबेला भेरीको स्वाब परीक्षण समेत प्रभावित बनेको छ । यद्यपी मिश्रा नेतृत्व टिमले स्वाब परीक्षणको कार्यलाई निरन्तरता दिइरहेकोछ ।
कोभिडको रोकथाम तथा नियन्त्रणमा अतुलनीय योगदान गर्दा गर्दै केही दिन पहिले अस्वस्थ्य बनेका मिश्राको हिजो शनिबार आएको रिर्पोटमा कोरोना पुष्टि भएको हो ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको बुझिएकोछ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?