अरुको कोरोना जाँच्दाजाँच्दै मिश्रा आफै संक्रमित बने


अरुको कोरोना जाँच्दाजाँच्दै मिश्रा आफै संक्रमित बने

भेरी अस्पताल नेपालगन्जका ल्याब प्रमुख प्रसन्न मिश्रा ।

नेपालगन्ज ९ जेठ : कोरोना भाइरस संक्रमण महामारिकाबीच हजारौं ब्यक्तिके स्वाब जाँच गरेका भेरी अस्पताल प्रयोगशालाका ल्याब टेक्नोलोजिस्ट प्रसन्न मिश्रा आफै संक्रमित बनेकाछन् ।

पहिलो चरणमा फैलिएको कोरोना महामारीका बेलादेखि हजारौं ब्यक्तिको स्वाब परीक्षणमा अहोरात्र खटिएका भेरी अस्पतालको प्रयोगशाला प्रमुख ल्याब टेक्नोलोजिस्ट मिश्रालाई हिजो (शनिबार) कोरोना संक्रमित पुष्टि भएको हो ।

भेरी अस्पताल प्रयोगशाला प्रमुख मिश्राको नेतृत्वमा गत वर्ष वैशाख १० गते पीसिआर ल्याबको स्थापना गरि बाँके लगायत आसपासका जिल्लाको स्वाव (पीसिआर) परीक्षण हुदैँ आएको छ ।

हालसम्म करिब ६६ हजार बढिको पीसिआर जाँच गरिसकेका अस्पतालका ल्याब टेक्नोलोजिस्ट मिश्रा आफै संक्रमित बनेपछि यतिबेला भेरीको स्वाब परीक्षण समेत प्रभावित बनेको छ । यद्यपी मिश्रा नेतृत्व टिमले स्वाब परीक्षणको कार्यलाई निरन्तरता दिइरहेकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

कोभिडको रोकथाम तथा नियन्त्रणमा अतुलनीय योगदान गर्दा गर्दै केही दिन पहिले अस्वस्थ्य बनेका मिश्राको हिजो शनिबार आएको रिर्पोटमा कोरोना पुष्टि भएको हो ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको बुझिएकोछ ।