नेपालगन्ज ९ जेठ : देशभर थप ७ हजार ९ सय १४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ७ हजार ९ सय १४ जनामा कोरोना पुष्टि भएको हो ।
देशभरका विभिन्न प्रयोगशालामा गरिएको १८ हजार ९ सय ६५ जनाको पीसिआर र ९३१ जनाको एन्टीजेन परीक्षणमा ७ हजार ९ सय १४ जनामा संक्रमण भेटिएको छ । जसमा पीसिआर विधिबाट ७ हजार ५९८ र एन्टीजेनबाट ३१६ जना संक्रमित पुष्टि भएका हुन् ।
यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ९३ जना संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ७ हजार ६ सय ६४ जना संक्रमित निको भएका छन् । देशभर ८७३ जना विभिन्न क्वारेन्टिनमा रहेकाछन् ।