बाँकेमा पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको मृत्यु भएन, संक्रमित भन्दा कोरोना जित्नेको संख्या बढ्यो


बाँकेमा पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको मृत्यु भएन, संक्रमित भन्दा कोरोना जित्नेको संख्या बढ्यो

नेपालगन्ज ९ वैशाखः नेपालमै सबै भन्दा बढी कोरोना महामारीसँग जुझिरहेको बाँके जिल्लामा कोरोना भाइरस संक्रमणका कारण दिनहुँ मान्छे मरिरहेकाछन् । तर, बाँकेमा पछिल्लो २४ घण्टामा कुनैपनि कोरोना संक्रमितको मृत्यु भएको छैन ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाँकेका अनुसार पछिल्लो २४ घण्टामा कुनैपनि ब्यक्तिको कोरोना संक्रमणले ज्यान लिएको छैन ।

बाँकेका दुई भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कोभिड–१९ संक्रमित विरामीको उपचार हुदैँ आएकोछ । हालसम्म यी दुई अस्पताल र होम आइसोलेसनमा बसेका बाँकेका २७३ जना संक्रमितको मृत्यु भइसकेकोछ । भने बाँकेमा उपचारका लागि आएका २४० संक्रमितको उपचारका क्रममा मृत्यु भइसकेकोछ ।

यी दुई तथ्यांकलाई जोड्दा बाँकेमा हाल(आईतबार बेलुका) सम्म ५१३ जनाको मृत्यु भएको डिसिसिएमसीको तथ्यांकले बताउँछन् । तर, बाँके जिल्ला बाहिरका आठ जनाको मृत्यु भएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

कोरोना भाइरस संक्रमणका कारण यी दुई अस्पतालमा दिनहुँ सरदर १७ जनाको मृत्यु हुने गरेको छ । यो तथ्यांकलाई हेर्दा बाँकेमा डेढ घण्टाको अन्तरमा एक संक्रमितको मृत्यु हुने गरेकोछ ।

पछिल्लो समय कोरोना भाइरस संक्रमण र यसबाट बच्न आमनागरिकले स्वास्थ्य सतर्कता अपनाउँदै संक्रमित भएको आशंकामा समयमै अस्पताल उपचारका लागि आएपछि संक्रमितको मृत्युदर घटेको डिसिसिएमसी बाँकेले जनाएकोछ ।

डिसिसिएमसी बाँकेकाअनुसार बाँकेमा रहेको भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कोभिड विरामीको उपचारमा थप उच्च सर्तकता अपनाउँदै स्वास्थ्य सेवा प्रदान गरेपछि संक्रमितको मृत्यु दर मात्र रोकिएको छैन । कोरोनालाई जित्नेको संख्या पनि बढ्दै गएको डिसिसिएमसी बाँके बताउँछ ।

डिसिसिएमसीको तथ्यांक अनुसार आईतबार बेलुकासम्म बाँकेमा १३६ महिला र २५८ पुरुष गरि जम्मा ३९४ जना संक्रमित विभिन्न आइसोलेसन र अस्पतालमा उपचाररत रहेकाछन् । जसमध्ये १५४ जना आइसियुमा र २४ जना भेन्टिलेटरमा उपचाररत रहेकाछन् । भने एक हजार पाँच सय ५७ जना होम आइसोलेसनमा रहेका छन् ।

यसैबीच, बाँकेमा कोरोना संक्रमित हुनेभन्दा संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएको छ । डिसिसिएमसीको पछिल्लो २४ घण्टाको तथ्यांकले यस्तो देखाएको हो ।

डिसिसिएमसी बाँकेको तथ्यांक अनुसार, बाँकेमा आईतबार ४ सय ५२ जना डिस्चार्ज भएका छन् । त्यसमा २०३ महिला र २ सय ४९ जना पुरुष रहेका छन् । आईतबार जिल्लामा कोभिडका १ सय १४ जना संक्रमित थपिएका छन् ।

जिल्लाका तीनवटा ल्याबमा गरिएको परीक्षणमा ३ सय ९० जनालाई संक्रमण पुष्टि हुँदा बाँकेका एक सय १४ जना परेका हुन् । भेरी अस्पतालमा ३ सय ६८ जनाको परीक्षण गर्दा २ सय ६५, कोहलपुर मेडिकल कलेजमा १ सय १२ जनाको जाँच गर्दा ३६ र बागेश्वरी ल्याबमा एक सय ९० जनाको जाँच गर्दा ८९ जनामा कोरोना पुष्टि भएको हो ।

यसैगरि भारतबाट आएका शंकास्पद ६६ जनालाई नेपालगन्ज नाकामा एन्टिजेट जाँच गर्दा कसैलाई पनि कोरोना नदेखिएको डिसिसिएमसी बाँकेले जनाएकोछ । नेपाल–भारत सीमानाका जमुनाहमा आईतबार एक हजार ६ सय ४ जनाको ज्वरो जाँच गरिएको थियो ।

कोरोना संक्रमणका कारण बाँकेका संक्रमितले घण्टा–घण्टामा ज्यान गुमाउँदा आम सर्वसाधरणमा त्रासको वातावरण बनेकोछ । पछिल्लो २४ घण्टामा बाँकेका कुनैपनि संक्रमितको मृत्यु नभएपछि कोरोना भाइरस संक्रमणले जुझिरहेको बाँकेलाई सकारात्मक सन्देश दिएकोछ ।