नेपालगन्ज ९ जेठ : नेपालगन्ज उपमहानगरपालिकालाई आईसोलेसन निर्माणका लागि बासले १० लाख रकम सहयोग हस्तान्तरण गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिकाले बालमन्दिरमा बनाउन लागेको आइसोलेसनका लागि बास र नेप्लिज अमेरिकन चेम्बर अफ कमर्सले आईतबार १० लाख रुपियाँ सहयोग हस्तान्तरण गरेको हो ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शमसेर राणा र उपप्रमुख उमा थापा मगरलाई बासका अध्यक्ष रमेश सिटौला, कार्यकारि निर्देशक नमस्कार शाह, महासचिब शिब कुमार बर्मा, निर्देशक हेमराज भट्ट, कार्यक्रम संयोजक रबिन्द्र बोहराले दश लाखको चेक हस्तान्तरण गरेका छन् ।
नेपालगन्ज उपमहानगरपालिकाले बालमन्दिरको जिर्णोद्वार गर्न रकमको अभाव भएपछि बास र नेप्लिज अमेरिकन चेम्बर अफ कमर्सले उपमहानगरपालिकालाई उक्त रकम सहयोग गरेको हो ।
सहयोग ग्रहण पश्चात बोल्दै नगर प्रमुख डा.राणाले रकम सहयोग गर्ने बास र नेप्लिज अमेरिकन चेम्बर अफ कमर्सलाई उत्कृष्ट कार्यकालागि धन्यबाद ज्ञापन गरे ।
प्राप्त रकमको पूर्ण सदुपयोग गर्ने प्रतिबद्धता गर्दै नगर प्रमुख राणाले जिर्ण अवस्थामा रहेको वाल मन्दिर निर्माण पश्चात दिगो रुपमा वालवालिकाको हितमा प्रयोग हुने विश्वास ब्यक्त गरे । वाल मन्दिर निर्माणका लागि नेपालगन्ज उपमहानगरपालिकाले पनि १० लाख रकम विनियोजन गरेको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?