नेपालगन्ज १० जेठ : नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट आजसम्म करीब १० हजार अक्सिजन सिलिण्डर सङ्कलन गरी अस्पताल र उद्योगमा वितरण गरिएको छ ।
नेपालमा कोभिड –१९ सङ्क्रमितका लागि अक्सिजन अभाव भएपछि प्रहरीले गत वैशाख २६ गतेदेखि अनावश्यक क्षेत्रमा प्रयोग भइरहेका सिलिण्डर खोजी अभियान थालेको थियो । सोही क्रममा आजसम्म १० हजार २६ सिलिण्डर सङ्कलन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा मात्रै २३३ अक्सिजन सिलिण्डर सङ्कलन गरिएको जनाइएको छ । तीमध्ये २०४ भरिएका र २९ खाली सिलिण्डर छन् ।
आवश्यकताभन्दा बढी अक्सिजन राख्ने व्यक्ति, विभिन्न सङ्घसंस्था तथा स्वास्थ्य प्रयोजनबाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदाममा मौज्दाज गरिराखिएका अक्सिजन सिलिण्डर सङ्कलन गरिएको प्रहरीले जनाएको छ ।
यसैबीच विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनका सिलसिलामा पछिल्लो २४ घण्टामा उल्लङ्घन गर्ने एक हजार ७६७ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले मास्क वितरण अभियान पनि सँगसँगै चलाएको छ । -रासस
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?