जङ्गली च्याउ खाँदा एकको मृत्यु


जङ्गली च्याउ खाँदा एकको मृत्यु

संखुवासभा १० जेठ : सङ्खुवासभाको खाँदबारी नगरपालिका–४ मा जङ्गली च्याउ खाँदा एक व्यक्तिको मृत्यु भएको छ ।

च्याउ खाँदा ३९ वर्षीय लालबहादुर राईको मृत्यु भएको वडा नं ४ का वडाध्यक्ष सजीत राईले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

च्याउ खाएर बिरामी परेका लालबहादुरको उपचारका क्रममा आइतबार राति विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको वडाध्यक्ष राईले बताए ।

गत बिहीबार जङ्गलबाट ल्याएको जङ्गली च्याउ खाँदा लालबहादुर र उनकी आमा ७० वर्षीया राधिकासमेत बिरामी भएका थिए । -रासस