संखुवासभा १० जेठ : सङ्खुवासभाको खाँदबारी नगरपालिका–४ मा जङ्गली च्याउ खाँदा एक व्यक्तिको मृत्यु भएको छ ।
च्याउ खाँदा ३९ वर्षीय लालबहादुर राईको मृत्यु भएको वडा नं ४ का वडाध्यक्ष सजीत राईले जानकारी दिए ।
च्याउ खाएर बिरामी परेका लालबहादुरको उपचारका क्रममा आइतबार राति विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको वडाध्यक्ष राईले बताए ।
गत बिहीबार जङ्गलबाट ल्याएको जङ्गली च्याउ खाँदा लालबहादुर र उनकी आमा ७० वर्षीया राधिकासमेत बिरामी भएका थिए । -रासस
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?