नेपालगन्ज १० जेठ : बाँकेमा वैशाख ९ गतेदेखि जारी निषेधाज्ञा लम्बाइएकोछ । पहिलो चरणमा बाँकेको नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा मात्र जारी निषेधालाई थप सात दिनका लागि बढाइएको हो ।
दोस्रो चरणमा वैशाख १३ गतेदेखि हुँदै जेठ ९ गते पुनः बाँकेमा निषेधाज्ञा कायम गरिएकोछ ।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकले निषेधाज्ञालाई सात दिन निरन्तरता दिने निर्णय गरेको हो । प्रजिअ गेलालले आगामी जेठ १७ गते राति १२ बजेसम्म बाँकेमा निषेधाज्ञा जारी रहने बताए ।
जोखिमको अवस्था अझै कायम रहेकाले निषेधाज्ञालाई निरन्तरता दिइएको प्रजिअ गेलालले बताए । बाँकेमा पाँचौँपटक निषेधाज्ञा बढाइएको हो ।
बाँकेमा जारी निषेधाज्ञा समेत कोरोना संक्रमित र यसबाट ज्यान जानेको संख्यामा भने कमी आउन सकेको छैन । यद्यपी पछिल्ला दिनमा बाँकेका कोरोना संक्रमितको मृत्यु र संक्रमणदरमा कमी आएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घटामा बाँकेका कुनैपनि संक्रमितको मृत्यु भएको छैन । यसअघि हिजो आईतबार पनि बाँकेमा कोरोनाबाट कसैको मृत्यु नभएको केन्द्रले जनाएकोछ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?