नेपालगन्ज १० जेठ : नेपाल पत्रकार महासंघ बाँके शाखाको एम्बुलेन्स खरिदका लागि भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताला तथा एमाले नेतृ विजया धितालले संयुक्तरुपमा सहयोग गरेकाछन् ।
समितिका अध्यक्ष प्रमोद र नेतृ विजयाले ब्यक्तिगतरुपमा महासंघ बाँके शाखालाई ५ हजार नगद सहयोग गरेका हुन् ।
महासंघको एम्बुलेन्स खरिदका लागि भन्दै धिताल दम्पतिले सोमबार पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीलाई ५ हजार नगद प्रदान गरे ।
सहयोग रकम प्रदान गर्दै भेरी अस्पताल विकास समितिका अध्यक्ष धितालले भने–‘महासंघ बाँकेले चालेको सकरात्मक कार्यलाई साथ दिन ब्यक्तिगतरुपमा यो सहयोग गरेको हुँ । महासंघको यो अभियानमा सबैले साथ र सहयोग गर्नुपर्छ ।’
महासंघ बाँकेको एम्बुलेन्स खरिद अभियानलाई समर्थन गर्दै यतिबेला देशविदेशमा रहेका थुप्रै ब्यक्ति तथा संघसस्थाहरुको सहयोग भइरहेकोछ ।
महासंघ बाँके शाखाले एम्बुलेन्स खरिद गर्ने निर्णय गर्दै एम्बुलेन्स खरिदका लागि सार्वजनिक आह्वान गरेपछि यतिबेला स्वःस्फुर्त रुपमा सहयोग जुट्न थालेको हो ।
महासंघ बाँके शाखाले कोरोना महामारीलाई मध्यनजर राख्दै पत्रकार तथा आमनागरिकलाई सर्वसुलभ रुपमा सेवा प्रदान गर्न एम्बुलेन्स खरिद गर्न लागेको हो ।
एम्बुलेन्स खरिदका लागि विभिन्न ब्यक्ति, निकाय तथा संस्थाबाट स्वःस्फुर्त रुपमा सहयोग जुट्न थालेको महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले बताए ।
‘महासंघले एम्बुलेन्स खरिद गर्न लागेको जानकारी पाएपछि धेरैलाई चासो बढेको छ, कतिले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ, भने कतिपयले सहयोग हस्तान्तरण गरिसक्नु भएको छ,’ भण्डारीले भने ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?