बाँकेमा कोरोना महामारीः जनस्वास्थ्य प्रमुखले लुकाएर राखे २३३८ थान कोभिशिल्ड भ्याक्सिन


बाँकेमा कोरोना महामारीः जनस्वास्थ्य प्रमुखले लुकाएर राखे २३३८ थान कोभिशिल्ड भ्याक्सिन

नेपालगन्ज १० जेठ : बाँकेमा कोरोना महामारीबाट दैनिक दर्जनौ ब्यक्तिको मृत्यु भइरहँदा कोरोना विरुद्ध लगाइने भ्याक्सिन दराजमा लुकाएर राखिएकोछ ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले कोरोना विरुद्ध लगाइने बेलायतको अक्सफोर्ड एस्ट्राजेनेकाले विकाश गरेको तथा भारतको सेरम ईन्सटिट्युट अफ ईन्डियाले उत्पादन गरेको २३३८ कोभिशिल्ड भ्याक्सिन लुकाएर राखेका छन् ।

नेपालमै सबै भन्दा बढी कोरोना महामारीसँग जुझिरहेको बाँके जिल्लामा कोरोना भाइरस संक्रमणका कारण मान्छे मरिरहेकाछन् । तर, बाँकेका जनस्वास्थ्य प्रमुख शाहले उक्त कोभिड भ्याक्सिन लगाउन छाडेर दराजमा लुकाएर राखेका छन् ।

जिल्ला प्रशासन कार्यालय बाँके र जिल्ला प्रहरी कार्यालय बाँकेले जनस्वास्थ्य प्रमुख शाहले ठूलो मात्रामा कोरोना भाइरसविरुद्धको खोप दराजमा लुकाइराखेको बताएकोछ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अधिकारीले भने –‘त्यो भ्याक्सिन मान्छेलाई लगाए केही मान्छे बाँच्दथे । कोरोनाले आक्रान्त बनाएको बाँकेमै २३३८ भाइल भ्याक्सिन जनस्वास्थ्य प्रमुख शाहले दराजभित्र किन लुकाएर राखेकाछन् त्यो पत्ता लागेको छैन ।’

Kids Festival 2022
kanti aarogya hospital

यता जनस्वास्थ्य प्रमुख धिरजंग शाहले कोभिडशिल्ड भ्याक्सिन दराजभित्र लुकाएर राखेको स्वीकार गरेकाछन् । उनले २३३८ भाइल भ्याक्सिन किन र केका लागि दराजभित्र राखेको भने बताएनन् ।

बाँकेमा सरकारी स्तरमा भेरी अस्पताल र निजी स्तरमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना संक्रमित विरामीको उपचार हुन्छ । यी दुई अस्पतालमा मात्रै कोरोना संक्रमितको उपचार भइरहँदा दिनहुँ संक्रमित थपिने र ठूलो मात्रामा मान्छेको मृत्यु समेत हुने गरेकोछ ।

बाँकेका यी दुई अस्पतालमा दिनहुँ सरदर १७ जना संक्रमितको मृत्यु भइरहेकोछ । दुबै अस्पतालको यो तथ्यांकलाई हेर्दा प्रत्येक डेढ घण्टामा एक संक्रमितको मृत्यु हुने गरेकोछ । यस्तो अवस्थामा जनस्वास्थ्य प्रमुखले कोरोनाको भ्याक्सिन लगाउन छाडेर दराजमा लुकाएर राखेकाछन् ।

कोरोना भाइरस संक्रमणका कारण संक्रमित र मृत्यु दर बढिरहँदा बाँकेका जनस्वास्थ्य प्रमुखले कोरोना भ्याक्सिन लगाउन छाडेर दराजमा लुकाएर राखेको विषयप्रति सरोकारवालाले चासो र चिन्ता समेत ब्यक्त गरिरहेकाछन् ।

दराजमा लुकाएर राखिएको उक्त भ्याक्सिन मान्छेलाई लगाए केही मानिस बाँच्थे । तर, जनस्वास्थ्य प्रमुखले भ्याक्सिन लगाउन छाडेर दराजमै थन्काएर राखेकोप्रति उनीहरुले आपत्ती जनाएकाछन् ।