नेपालगन्ज १० जेठ : पछिल्लो समय नेपालमा कोरोना संक्रमित हुने भन्दा कोरोना जित्नेको संख्या बढ्दै गएकोछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसरा पछिल्लो २४ घण्टामा देशभर ७ हजार ४२५ जनामा कोरोना संक्रमण पुष्टि हुदाँ ७१३५ जनाले कोरोना जितेका छन् ।
देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ८ सय ४६ जनाको पीसिआर र ६०७ जनाको एन्टीजेन परीक्षणमा ७ हजार ४ सय २५ जनामा संक्रमण भेटिएको हो ।
पीसिआर परीक्षणबाट ७ हजार २२० र एन्टीजेन परीक्षणबाट २०५ जना संक्रमित पुष्टि भएका हुन् ।
यही समयमा देशभर ७ हजार १३५ जना कोरोना संक्रमित निको भएका छन् । यो संगै हालसम्म ३ लाख ९८ हजार ४८३ जना संक्रमित भई निको भइसकेका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १८५ जना संक्रमितको मृत्यु भएको छ । देशभर ९२४ जना व्यक्ति क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार देशभर हाल २ हजार १ सय ६४ जना कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा छन् । एक हजार ६ सय ९७ आइसीयू र ४६७ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ । यसअघि आईतबार २ हजार २ सय ५ जना संक्रमित आइसीयू र भेन्टिलेटरमा थिए ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?