कोरोना जितेका पत्रकार शर्माले एम्बुलेन्स खरिद गर्न महासंघलाई १० हजार दिए


कोरोना जितेका पत्रकार शर्माले एम्बुलेन्स खरिद गर्न महासंघलाई १० हजार दिए

नेपालगन्ज ११ जेठ : नेपाल पत्रकार महासंघ बाँके शाखाको एम्बुलेन्स खरिदका लागि पत्रकार काशीराम शर्माले आर्थिक सहयोग गरेकाछन् ।

कोरोना संक्रमण जितेर स्वास्थ्य लाभ लिइरहेका पत्रकार शर्माले ब्यक्तिगतरुपमा महासंघ बाँके शाखालाई १० हजार नगद सहयोग गरेका हुन् ।

मिडिया नेपालका केन्द्रिय सदस्य एवं नेपाल पत्रकार महासं बाँके शाखाका सहसचिव समेत रहेका पत्रकार शर्माले मङ्गलबार पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीलाई १० हजारको चेक हस्तान्तरण गरे ।

सहयोग रकम प्रदान गर्दै पत्रकार शर्माले भने–‘पत्रकार तथा आम नागरिकका लागि सर्वसुलभरुपमा एम्बुलेन्स सञ्चालन गर्ने महासंघ बाँकेको परोपकारी कार्यलाई साथ दिदैँ मैले ब्यक्तिगतरुपमा यो सहयोग गरेको हुँ । पत्रकारहरुको छाता संगठन महासंघको यो अभियानमा सबैले साथ र सहयोग गर्नुपर्छ ।’

Kanti Aarogya Hospital Nepalgunj

महासंघ बाँकेका निर्वतमान सहसचिव समेत रहेका पत्रकार शर्माले –‘देशमै पहिलोपटक महासंघ बाँके शाखाले पत्रकार र सर्वसाधरणका लागि परोपकारीरुपमा एम्बुलेन्स सञ्चालन गर्न लागेको कार्य अन्य शाखाले पनि अनुसरण गर्नुपर्ने बताए ।’

महासंघ बाँकेलाई प्रदान गरिएको सहयोग रकम स्वरुप चेक बुझ्दै महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले महासंघको अभियानमा जोडिएको भन्दै सहयोगका लागि निर्वतमान सहसचिव शर्मालाई धन्यबाद गरे ।

अध्यक्ष भण्डारीले महासंघको एम्बुलेन्स खरिदका लागि सहयोगीदाताहरुलाई धन्यबाद दिदैँ प्राप्त रकमको पारदर्शीरुपमा खर्च गरिने प्रष्ट पारे ।
महासंघ बाँकेको एम्बुलेन्स खरिद अभियानलाई समर्थन गर्दै यतिबेला देशविदेशमा रहेका थुप्रै ब्यक्ति तथा संघसस्थाहरुको सहयोग भइरहेकोछ । महासंघ बाँके शाखाले एम्बुलेन्स खरिद गर्ने निर्णय गर्दै एम्बुलेन्स खरिदका लागि सार्वजनिक आह्वान गरेपछि यतिबेला स्वःस्फुर्त रुपमा सहयोग जुट्न थालेको हो ।

एम्बुलेन्स खरिदका लागि विभिन्न ब्यक्ति, निकाय तथा संस्थाबाट स्वःस्फुर्त रुपमा सहयोग जुट्न थालेको महासंघ बाँकेका सचिव कमल डाँगीले बताए ।

महासंघ बाँके शाखाले कोरोना महामारीलाई मध्यनजर राख्दै पत्रकार तथा आमनागरिकलाई सर्वसुलभ रुपमा सेवा प्रदान गर्न एम्बुलेन्स खरिद गर्न लागेको हो ।