नेपालमा ४ लाख ४ हजार ८८७ जनाले कोरोना जिते


नेपालमा ४ लाख ४ हजार ८८७ जनाले कोरोना जिते

File Photo

नेपालगन्ज ११ वैशाख : नेपालमा हालसम्म ४ लाख ४ हजार ८८७ जनाले कोरोना जितेकाछन् । पछिल्लो २४ घण्टामा ६ हजार ४०४ जना संक्रमणमुक्त भएसंगै देशभर कोरोना जित्नेको संख्या ४ लाख ४ हजार ८८७ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशमर थपिएका ८ हजार ६३६ जना संक्रमितसहित हाल हालसम्म संक्रमित हुनेको संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ । जसमध्ये हालसम्म ४ लाख ४ हजार ८८७ जना संक्रमण मुक्त (निको) भएका मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा देशभर गरिएको पीसिआर र एन्टिजेन परीक्षणका क्रममा थप ८ हजार ६ सय ३६ जनामा संक्रमण पुष्टि भएको हो । जसमा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २२ हजार ३०६ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो । जसमा ६३० जनाको एन्टिजेन परीक्षण गरिएकोछ ।

मन्त्रालयका अनुसार पीसिआर परीक्षणबाट ८ हजार ३८७ जना र एन्टिजेन परीक्षणबाट २४९ जनामा संक्रमण पुष्टि भएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

देशभर हाल एक लाख १७ हजार २६१ जना सक्रिय संक्रमित रहेकाछन् । सक्रिय संक्रमितमध्ये १ लाख ८ हजार ४२८ जना होम आइसोलेसनमा र ८ हजार ८३३ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

यस्तै संस्थागत आइसोलेसनमा रहेकामध्ये एक हजार ६७२ जना आईसीयू र ४४७ जना भेन्टिलेसनमा रहेका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट देशभर १६९ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । योसंगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ७०० पुगेको छ ।