कोरोनाबाट सेनाका सहायक रथी केसीको निधन


कोरोनाबाट सेनाका सहायक रथी केसीको निधन

नेपालगन्ज १३ जेठ : कोरोना संक्रमणका कारण नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको निधन भएको छ ।

सैनिक अस्पताल छाउनीमा उपचाररत उनको आज बिहान निधन भएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलका अनुसार केही दिनदेखि उनको उपचार चलिरहेको थियो । उनी सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति रहेका थिए ।

हालसम्म कोरोना संक्रमणबाट नेपाली सेनाका विभिन्न दर्जाका गरी ६ जनाको ज्यान गएको छ ।