नेपालगन्ज १३ जेठ : कोरोना भाइरस संक्रमणका कारण जारी निषेधाज्ञामा समस्यामा रहेका परिवारलाई माइती नेपालले खाद्यान्न वितरण शुरु गरेकोछ ।
माइती नेपालले निषेधाज्ञाका कारण नेपालगन्जमा रहेका र समस्यामा परेका परिवार लक्षित गर्दै पहिलो चरणमा खाद्यान्न बितरण शुरु गरेको हो ।
उपमहानगरपालिका स्तरीय संरक्षण बिषयगत क्षेत्र समन्वय समितिको सहकार्यमा आर्थिक तथा विपन्न वर्गको परिवार ज्येष्ठ नागरिक, अपांङ्गता, वयस्यक मनोरञ्जन क्षेत्रमा काम गर्ने र दैनिक ज्यालादारी मजदूरी गर्ने नेपालगन्जका बिभिन्न टोलहरुमा रहेका व्यक्तिहरूलाई खाद्यान्न सहयोग बितरण गरिएको छ ।
माइती नेपाले पहिलो चरणमा २० जनालाई लक्षित गरेर खाद्यान्न बितरण गरेको छ । ‘ज्याला मजदूरी गरेर खाने परिवार र भाडामा बस्ने परिवारलाई लक्षित गरी हामीले थोरै राहत होस भनेर खाद्यान्न बितरण शुरु गरेका छौं’, माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले बताए ।
‘निषेधाज्ञाले दैनिक मजदूरी गर्ने परिवार अहिले समस्यामा पर्न थालिसके’, उनले भने ‘समस्या भएका परिवारलाई यो बेला झन कठिनाईको सामना गर्न परिरहेका छ, त्यस्तालाई हामीले सहयोग गछौं ।’
काँग्रेस महाधिवेशन: आज तेस्रो दिन के-के हुँदैछ?
बाँकेका आर्थिक मुद्दा लिएर सिंहदरबार पुगे अध्यक्ष ओली, राखे ३१ बुँदे माग
पैंतालिस पानामा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्ण पाठसहित)
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु