विभागका कर्मचारीकै संरक्षणमा प्रतिबन्धित औषधी खुलेआम बिक्रि
थलह बजारको एक मेडिकल, जहाँ सिएमए मात्र पढेका ब्यक्तिले डाक्टरी गर्छन् । तस्विरः कमल न्यौपाने/ सेतोखरी
(थलह), जाजरकोट : अहिलेको समय बास्तबमै प्रतिस्पर्धात्मक रुपमा दौडिरहेको छ । यस्तो तीब्र प्रतिस्पर्धात्मक समयमा कुनै पनि ब्यबसाय गर्दा राम्ररी सोचेर मात्र गर्नु पर्ने देखिन्छ । नत्र फुसर्दमा पछुताउनु बाहेक विकल्प छैन् ।
अहिले प्राय मानिसहरु स्वास्थ र शिक्षामा पैसा सजिलै कमाउन सकिन्छ भन्ने धारणा राख्छन् । तर, सोच्नु र ब्यबहारमा लागू गर्नु फरक कुरा हो । स्वास्थमा लगानी गर्ने होड चलेको छ, हिजो आज । टोल टोलमा औषधी पसल, पोलिक्लिनिक देखि अस्पतालसम्म खुल्दै छन् ।
अहिले मध्यम पूँजी भएकाहरु फार्मेसी खोल्न हौसिएका छन् । कतिले अरुले गरेको देखासेखीमा त कतिले फार्मेसी सम्बन्धी अध्ययन गरेको कारणले गर्दा यस तर्फ लागेका छन् । औषधी भन्ने कुरा मानिसको स्वास्थ सँग प्रत्यक्ष गाँसिएको हुन्छ । सानो मात्र गल्तिले ठूलो समस्या पनि आउन सक्छ । अहिले सरकारले आवश्यक परामर्श नगरी औषधी बिक्री नगर्ने पनि निति ल्याएको छ । तर, जाजरकोटको पश्चिम थलह क्षेत्रमा रहेका सतप्रतिशत खुद्रा तथा होलसेल औषधी पसलहरू सिएमए अध्ययनरत व्यक्ति र दादागिरीका भरमा चलेका छन् ।
कतिपयले यहाँ अरूको देखासेखीमा अनुभव बिना मापदण्ड विपरित मेडिकल चलाएका छन् । चिकित्सकको प्रेस्किपसनको आधारमा औषधी बिक्रि गर्ने हो । तर, थलह क्षेत्रका औषधी पसललाई चिकित्सकको प्रेस्किपसन चाँहिदैन् । सिएमए पढेको व्यक्ति आफैलाई सबै रोगको बिज्ञ चिकित्सक सम्झने यो यहाँको पुरनै चलन रहेछ । दक्ष चिकित्सक बिना यहाँका क्लिनिक आफुखुशी चलिरहेको थलहमा रहेको स्मारिका हस्पिटलका भीम महतरा बताउँछन् । उनले भने ‘जो सिएमएको भरमा ।’
यहाँका अधिकाशं औषधी पसलमा सिएमए मात्रै पढेका व्यक्ति आफै बिज्ञ चिकित्सक बनिरहेका छन् । यहाँका सत्प्रतिशत मेडिकल गैरकानूनी र मापदण्डविहीन छन् । यस्ता व्यक्तिले खुद्रा पसलमा चकलेट बेचे झै गरी आफूखुशी औषधी बेचेर जनजीवनमाथी खेलवाड गर्दै आएको सिमएल बबिता रावतले बताइन् ।
औषधी पसलहरुमा अनुमती नलिएरै विरामी जाँच गर्ने गरेको खुलासा भएको छ । अनाधिकृत रुपमा विरामी जाँच गरी जथाभावी औषधी प्रयोग गर्ने गरेको महतरा बताँउछन् । औषधी व्यवस्था विभागसँग अनुमति नलिएरै विक्री वितरण गर्न प्रतिवन्ध लगाएका औषधी समेत खुलेयाम बिक्री वितरण भएका छन्।
औषधी पसल सञ्चालकले अधिकार नै नपाएको सुत्केरी सेवा, गभवती सेवा, दाँत निकाल्ने सेवा, गर्भपतन सेवा, ईसिजी सेवा समेत सञ्चालन गदै आएका छन् । औषधी पसलमा आएका विरामीलाई जथाभावी औषधी सेवन गर्न लगाएर सरकारी स्वास्थ्य संस्थाको औषधीले समेत काम गर्न छाडेको चिकित्सकको भनाई छ ।
गाउँका स्वास्थ्य संस्था भन्दा औषधी पसल सञ्चालकले कडा डोजको औषधी सेवन गर्न लगाएका कारण स्वास्थ्य प्रतिको विश्वासमा कमी ल्याउन औषधी पसल सञ्चालकहरु सफल भएका छन् । स्थानीय स्वास्थ्य संस्थामा औषधी नपाईने हुदाँ औषधी पसलमा सवै औषधी पाईने भएका कारण चर्को मुल्य असुल्दै दैनिक ठगी गरिरहेको पाईएको छ । जिल्लाको, थलह, सुवानाउलीमा मात्रै नभई सदरमुकाम खलङ्गा, लगायतका स्थानीय बजारमा रहेका अधिकाशं औषधी पसलको अवस्था यस्तै छ ।
चिकित्सकको सिफारिसका आधारमा औषधी पसलवाट विरामीलाई औषधी उपलव्ध गराउनु पर्ने नियम भएपनि आफै चिकित्सक वनेर दैनिक स्थानीयको स्वास्थ्यमा खेलवाड गरेको थलह बजार गोविन्द नेपाली बताउँछन् । थलह क्षेत्रमा चारवटा औषधी पसल रहेकोमा स्मारिका हस्पीटलले मात्रै सरकारी मापदण्ड पुरा गरी सेवा विस्तार गरेको छ ।
सुर्खेती मेडिकल लगायतका थलहमा रहेका अरू मेडिकलहरूले अहिले पनि सरकारी मापदण्ड पुरा गर्न सकेको छैनन् । अधिकाशंले पसल नविरकण समेत गरेका छैनन् । सिएमए मात्रै पढेका व्यक्तिको भरमा सामान्य मात्रै नभई ठूला रोगको औषधी समेत उनीहरूले महँगोमा बिक्रि गरिरहेको स्थानीय बताउँछन् । औषधी व्यवस्था विभागको टोलीले अनुगमनका निहुँमा अबैद्य औषधी मेडिकल सञ्चालकसँग मिलेमतो गरी फर्किएको स्थानीयले गुनासो गरेका छन् ।
थलहमा रहेका सुर्खेती, मस्टामनलाक लगायतका केही मेडिकलमा औषधी व्यवस्था विभागका कर्मचारीकै मिलेमतोमा निःशूल्क र प्रतिबन्धित औषधी बिक्रि भएको स्थानीय बताउँछन् ।