नेपालगन्ज १३ जेठ : पछिल्लो २४ घण्टामा देशभर ७ हजार २ सय २६ जना कोरोना भाइरस संक्रमित निको भएकाछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ७ हजार २ सय २६ जनाले कोरोना जितेका हुन् ।
मन्त्रालयका अनुसार यही अवधिमा देशभर थप ६ हजार ९३९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा देशभर गरिएको २० हजार ४१४ जनाको पीसिआर र ५७८ जनाको एन्टिजेन परीक्षणका क्रममा ६ हजार ९३९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।
देशभर हाल एक लाख १६ हजार ४७६ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ । यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १०६ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।
हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ९५१ पुगेको छ । देशभर एक हजार ९ जना क्वारेन्टिनमा रहेका छन् ।
देशभर हाल २ हजार १ सय २ जना कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा छन् । १ हजार ६ सय ४५ आइसीयू र ४५७ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि बुधबार २ हजार १ सय ५ जना संक्रमित आइसीयू र भेन्टिलेटरमा थिए ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?