गोदानले भन्यो ‘भेरीका चिकित्सक तथा नर्समाथि आक्रमण गर्नेलाई कारबाही गर’


गोदानले भन्यो ‘भेरीका चिकित्सक तथा नर्समाथि आक्रमण गर्नेलाई कारबाही गर’

नेपालगन्ज १४ जेष्ठ : सरकारी चिकित्क संघ(गोदान)ले भेरी अस्पताल नेपालगन्जका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथी सांघातिक आक्रमण गर्नेलाई कडा कारबाहीको माग गरेकोछ ।

गोदानले शुक्रबार एक विज्ञप्ती जारी गर्दै भेरी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि सांघातिक आक्रमण गर्नेलाई कडा कारबाहीको माग गरेको हो ।

भेरी अस्पतालको कोभिड आइसियु कक्षमा चिकित्सक तथा स्वास्थ्यकर्मी माथि हातपातगर्दै ज्यान मार्ने प्रयास गरेको भन्दै उक्त घटनाको गोदानले भत्सर्ना समेत गरेको छ ।

गोदानका अध्यक्ष डाक्टर रविन खड्का र महासचिव डाक्टर कीर्तिपाल सुवेदीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै कोभिड आइसियु कक्षमा तोडफोड गर्ने, उपचारमा बाधा पु¥याउने जस्ता कार्य अमानवीय भएको भन्दै संघको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

गोदानले चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षामा गम्भीर भई सम्बन्धित अपराधीलाई हदैसम्मको अपराध मुद्धा चलाई कडा कारबाही गर्न सरकारसँग माग गरेको छ ।

गोदानले जेल ‘विद आउथ विल’ अर्थात गैर जमानती हिरासतको नियम तत्काल लागू गर्न सरकारलाई पुनः स्मरण गराएको छ । यतिबेला भेरीमा भएको घटनाको चौतर्फी भत्सना र निन्दा भइरहेकोछ ।