नेपालगन्ज १४ जेठ : नेपालमा पछिल्लो तीन दिनदेखि वर्षा भइरहेकोछ । बंगालको खाडीबाट विकसित भएको ‘यास’ चक्रपातका कारण नेपालमा तीन दिनदेखि वर्षा भइरहेको हो ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार यास चक्रपात पश्चिमउत्तरबाट पश्चिमतर्फ सर्ने क्रममा रहेकाले मौसम कमजोर भइ वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आगामी तीन दिनसम्म देशभर वर्षा हुनेछ । शुक्रबार भारी वर्षाको सम्भावना छ भने शनिबारदेखि मौसममा क्रमिक सुधार हुनेछ । यद्यपि शनिबार र आईतबार पनि देशका केहि स्थानमा भारी वर्षाको सम्भावना छ ।
आज सुदूरपश्चिम र कर्णाली प्रदेशबाहेक देशका अन्य सबै क्षेत्रमा वर्षा, उच्च बेगको हावाहुरी, पहाजी जिल्लामा मध्यम हिमपात र हिमालमा भारी हिमपातको सम्भावना छ ।
शनिबारदेखि मौसममा क्रमिक सुधार हुनेछ । शनिबार देशभरको मौसम बदली रहने र हावाहुरीसहित वर्षा हुनसक्ने अनुमान गरिएको छ । लुम्बिनी प्रदेशका केहि स्थानमा भारी वर्षा हुनेछ ।
आईतबार बागमती र लुम्बिनी प्रदेशमा भारी वर्षा र हावाहुरीको सम्भावना छ । भने चट्याङ र मेघगर्जनसहितको वर्षा हुनेछ ।
काँग्रेस महाधिवेशन: आज तेस्रो दिन के-के हुँदैछ?
बाँकेका आर्थिक मुद्दा लिएर सिंहदरबार पुगे अध्यक्ष ओली, राखे ३१ बुँदे माग
पैंतालिस पानामा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्ण पाठसहित)
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु