एकैदिन ६९५१ जनाले कोरोना जित्दा मात्र ९६ जनाको मृत्यु


एकैदिन ६९५१ जनाले कोरोना जित्दा मात्र ९६ जनाको मृत्यु

नेपालगन्ज १४ जेठ : नेपालमा एकैदिन ९ हजार ८४१ जनाले कोरोना जितेका छन् । एकै दिन कोरोना संक्रमणमुक्त हुने यो अहिलेसम्मकै धेरै संख्या हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ९ हजार ८४१ जनाले कोरोना जित्दा मृतक संख्या पनि घटेर आएकोछ ।

मन्त्रालयका अनुसार दिनहुँ उकालो लागेको मृतक संख्या पनि घटेर तल झरेको हो । पछिल्लो २४ घण्टामा देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १०० भन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९६ जनाको मृत्यु भएको छ । योसहित हालसम्म मृत्यु हुनेको संख्या ७ हजार ४७ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा देशभर कुल २० हजार ११० जनाको नमुना परीक्षण गर्दा ६,९५१ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये पीसिआर परीक्षणबाट १९ हजार ३१३ जनाको र एन्टिजेन परीक्षणबाट ७ सय ९७ जनाको परीक्षण गरिएको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ लाख ४९ हजार १११ पुगेको छ । भने सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ३९४ मा झरेको छ ।