नेपालगन्ज १४ जेठ : नेपाल ट्रेड युनियन काँग्रेस बाँकेले भेरी अस्पतालका स्वाथ्यकर्मीमाथि भएको आक्रमणको घोर निन्दा गरेको छ ।
अध्यक्ष राम बहादुर मल्ल र सचिव तोजिन्द्र बहादुर विकले शुक्रबार एक विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेका हुन् ।
विज्ञप्तीमार्फत अस्पतालको आइसोलेसन वार्डमा कार्यरत चिकित्सक, नर्सिङ स्टाफ र श्रमिकमाथि विरामीका कुरुवाहरुबाट भएको सांघातिक हमलाको घोर भत्सर्ना गर्दै दोषीलाई कडा कारबाहीको माग गरेकाछन् ।
दोषीलाई कडा कर्वाहीको माग गर्दै चिकित्सक र नर्सिङ स्टाफ श्रमिकहरुको सुरक्षाको व्यवस्था गर्न अस्पताल प्रशासनसंग माग गरिएको छ ।
दोषीलाई यथाशिघ्र कार्वाही नगरिए आन्दोलनको चेतावनी समेत दिइएको छ । आरोपी तीन जना विरुद्ध शुक्रबार ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ । अपरान्हदेखि स्वास्थ्यकर्मीले आन्दोलन फिर्ता लिएका छन् ।