नेपालगन्ज १५ जेठ : पछिल्लो २४ घण्टामा देशभर ६ हजार ८० जना कोरोना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ४ लाख ३४ हजार ७ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि शुक्रबार ९ हजार ८ सय ४१ जना संक्रमित निको भएका थिए ।
यस्तै पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ८७ जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको १४ हजार ६ जनाको पीसिआर र ७४६ जनाको एन्टीजेन परीक्षणका क्रममा ४ हजार ४ सय ८७ जनामा संक्रमण पुष्टि भएको हो ।
यो सँगै नेपालमा कुल संक्रमितको संख्या ५ लाख ५३ हजार ४ सय २२ पुगेको छ । जसमध्ये १ लाख ११ हजार ५ सय ९ जना सक्रिय संक्रमित छन् ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ११६ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार १ सय ६३ पुगेको छ । भने देशभर हाल ८९१ जना क्वारेन्टिनमा छन् ।