नेपालगन्ज १६ जेठ : नेपाल हालसम्म ८ सय बढीको संख्यामा विद्यालय नर्स छन् । स्थानीय तह अन्तर्गत रहेका उनीहरुलाई आवश्यकता अनुसार अस्पताल र आइसोलेसनमा संक्रमितको हेरचाह र उपचारका लागि खटाइएको छ ।
कोरोना संक्रमितको उपचारमा विद्यालय नर्सलाई खटाएपछि काम गर्न सजिलो होस् भनेर स्वास्थ्य सेवा विभाग, नर्सिङ तथा सामजिक सुरक्षा महाशाखाले चरणवद्ध रुपमा तालिम सञ्चालन गरिरहेको छ ।
महाशाखाले संक्रमितको हेरचाह गर्ने, अक्सिजन स्याचुरेसन, पोन थेरापीलगायत कसरी गर्ने, साइकोसोसियल काउन्सिलिङ, होम आइसोलेसनमा रहेका संक्रमितलाई कसरी परार्मश दिने भन्नेबारे तालिम दिइरहेको छ ।
नर्सिङ तथा सामजिक सुरक्षा महाशाखाकी प्रमुख रोशनीलक्ष्मी तुइतुईले गत आईतबारदेखि भर्चुअल रुपमा तालिम सञ्चालन गरेको बताइन् । उनले चार समूहमा तालिम सञ्चालन हुने बताइन् ।
एक ग्रुपलाई तीन दिनको तालिम सञ्चालन गरिएको छ । दुई समूहलाई तालिम दिइसकेको र आज देखि तेस्रो समुहको तालिम सञ्चालन हुने बताइएको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?