विद्यालयका नर्सहरुलाई संक्रमित व्यवस्थापनसम्बन्धी तालिम


विद्यालयका नर्सहरुलाई संक्रमित व्यवस्थापनसम्बन्धी तालिम

नेपालगन्ज १६ जेठ : नेपाल हालसम्म ८ सय बढीको संख्यामा विद्यालय नर्स छन् । स्थानीय तह अन्तर्गत रहेका उनीहरुलाई आवश्यकता अनुसार अस्पताल र आइसोलेसनमा संक्रमितको हेरचाह र उपचारका लागि खटाइएको छ ।

कोरोना संक्रमितको उपचारमा विद्यालय नर्सलाई खटाएपछि काम गर्न सजिलो होस् भनेर स्वास्थ्य सेवा विभाग, नर्सिङ तथा सामजिक सुरक्षा महाशाखाले चरणवद्ध रुपमा तालिम सञ्चालन गरिरहेको छ ।

महाशाखाले संक्रमितको हेरचाह गर्ने, अक्सिजन स्याचुरेसन, पोन थेरापीलगायत कसरी गर्ने, साइकोसोसियल काउन्सिलिङ, होम आइसोलेसनमा रहेका संक्रमितलाई कसरी परार्मश दिने भन्नेबारे तालिम दिइरहेको छ ।

नर्सिङ तथा सामजिक सुरक्षा महाशाखाकी प्रमुख रोशनीलक्ष्मी तुइतुईले गत आईतबारदेखि भर्चुअल रुपमा तालिम सञ्चालन गरेको बताइन् । उनले चार समूहमा तालिम सञ्चालन हुने बताइन् ।

Kanti Aarogya Hospital Nepalgunj

एक ग्रुपलाई तीन दिनको तालिम सञ्चालन गरिएको छ । दुई समूहलाई तालिम दिइसकेको र आज देखि तेस्रो समुहको तालिम सञ्चालन हुने बताइएको छ ।