नेपालगन्ज १६ जेठ : भियतनाममा तीव्र गतिमा संक्रमण फैलिने कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको छ ।
भारतमा भेटिएको र बेलायतमा भेटिएको भेरियन्टबिचको म्युटेशनबाट बनेको नयाँ ‘हाइब्रिड’ भेरियन्ट भेटिएको र यो हावाको माध्यमबाट पनि तीव्र गतिमा फैलिने अधिकारीहरुले बताएका छन् ।
भियटनामका स्वास्थ्य मन्त्री गुयन थान लङ्गले शनिबार नयाँ म्युटेशन निकै खतरनाक रहेको बताएका छन् । अहिलेसम्म कोरोना भाइरसका हजारौँ म्युटेशन भेरियन्ट पत्ता लागेका छन् । तर केही भेरियन्टहरु संक्रामक देखिएका छन् ।
स्वास्थ्य मन्त्री थान लङ्गले भनेका छन्, ‘भियतनाममा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको छ र यो भारत र बेलायतमा भेटिएको भेरियन्टको म्युटेशनबाट बनेको हो ।’
भियतनाममा पछिल्ला केही हप्तादेखि संक्रमण बढ्दो क्रममा छ । नयाँ हाइब्रेड भेरियन्ट देखिएपछि चिन्ता थपिएको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?