नेपालगन्जमा महिला अधिकार दिवसमा सिलाईकटाई मेसिन सहयोग


नेपालगन्जमा महिला अधिकार दिवसमा सिलाईकटाई मेसिन सहयोग

नेपालगन्ज १६ जेठ : नेपालगन्ज उप–महानगरपालिकाले तेश्रो राष्ट्रिय महिला अधिकार दिवस विविध कार्यक्रम सहित मनाएको छ ।

दिवसको अवसरमा हिमानी कोषको सहयोगमा ११ जनालाई सिलाईकटाई मेसिन उपलब्ध गराइएको छ ।

नेपालगन्ज उप–महानगरपालिकाले सञ्चालन गरेको सिलाईकटाई तालिममा सहभागी मध्ये उत्कृष्ट भएका ११ जनालाई आईतबार मेसिन उपलब्ध गराइएको हो ।
नगर प्रमुख डाक्टर धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर, कार्यपालिका सदस्य ईन्दिरा शाही लगायतले मेसिन हस्तान्तरण गरे ।

‘महिलाको सुरक्षा र अधिकार, संकटकालिन व्यवस्थापन हाम्रो सरोकार’ भन्ने मुलनाराका साथ दिवस मनाइएको छ । कोभिड संक्रमणलाई मध्यनजर गर्दै यसवर्षको दिवस मनाइएको उपप्रमुख उमा थापा मगरले जानकारी दिइन । उप–महानगरपालिकाले नगरका विभिन्न ११ मुख्य चोकमा दिवसको ब्यानर राखेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

नेपाल प्रहरीले थप एकस्थानमा ब्यानर राखेको छ । दिवसको अवसरमा आईतबार विहान जुम प्रविधीमार्फत रेडियो अन्तरक्रिया गरिएको छ । कार्यक्रममा उपप्रमुख मगर, सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय,जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख ओमबहादुर राना, अधिबक्ता सुनीता शर्मा लगायतको सहभागिता रहेको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख शोभा शाहले जानकारी दिइन् ।