बारपाकका ८२ जनामा देखियो कोरोना, एक जनालाई थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गरियो


बारपाकका ८२ जनामा देखियो कोरोना, एक जनालाई थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गरियो

नेपालगन्ज १६ जेठ : गोरखाको बारपाकका ८२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । शनिबार २४ जना र शुक्रबार ५८ जनामा कोरोना देखिएको हो ।

अझै तीन सय ४२ जनाको रिपोर्ट आउन बाँकी छ । भने दुई सातामा १३ जनाको मृत्युपछि गण्डकी प्रदेश, जिल्ला स्वास्थ्य कार्यालय र बारपाक सुलिकोट गाउँपालिकाको छुट्टाछुट्टै स्वास्थ्यकर्मीको टिम परिचालन गरी बारपाकीको स्वाब लिइएको थियो ।

बारपाक गाउँमा करिब एक हजार तीन सय घरधुरी छ । यहाँका बासिन्दाले सुरूमा स्वाब परीक्षण गर्न मानेका थिएनन् ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेत, काँग्रेस सांसद प्रकाशचन्द्र दवाडी, जसपा सांसद धनमाया लामा पोखरेललगायत स्वास्थ्यकर्मी लिएर बारपाक गएपछि स्थानीयहरूको स्वाब लिइएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add

यसैबीच बारपाक सुलिकोट वडा नम्बर–२ की २४ वर्षीया महिलालाई मनाङ एअरको हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पताल ल्याइएको छ ।

बारपाकमा कोरोना संक्रमण फैलिएपछि गाउँपालिका प्रमुख बिष्णु भट्टले प्रदेश र केन्द्र सरकारको सहयोग मागेका थिए ।