नेपालगन्ज १६ जेठ : बाँकेमा फेरि एक हप्ताका लागि निषेधाज्ञा थपिएकोछ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकले बाँकेमा निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय बाँकेको स्रोतका अनुसार जिल्लामा कोरोना भाइरस संक्रमणको अवस्था अझैं नियन्त्रणमा आइनसकेको भन्दै थप एक हप्ताका लागि निषेधाज्ञा थपिएको छ ।
यो निषेधाज्ञा छैठौं पटक थप गरिएको हो । यसअघि जेठ १० गते पाँचौं चरणमा एक हप्ताका लागि निषेधाज्ञा बढाइएको थियो । बाँकेमा पहिलो पटक गत वैशाख ९ गते नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा मात्र निषेधाज्ञा जारी गरिएको थियो ।
दोस्रो चरणमा वैशाख १३ गतेदेखि हुँदै जेठ ९ गते पुनः बाँकेमा निषेधाज्ञा कायम गरिएको थियो । पाँचौं चरणको निषेधाज्ञाको समयअवधि भोली १७ गते राती १२ बजे सकिन्दैछ । निषेधाज्ञाको समयअवधि सकिन लाग्दा पुनः एक हप्ताका लागि निषेधाज्ञा थप गरिएको छ ।
जोखिमको अवस्था अझै कायम रहेकाले निषेधाज्ञालाई निरन्तरता दिइएको जिल्ला प्रशासन कार्यालय बाँकेको स्रोतले बताएकोछ । पछिल्ला केही दिनयता बाँकेका कोरोना संक्रमितको मृत्यु र संक्रमणदरमा कमी आएको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?