देशभर ६२०५ जनाले कोरोना जित्दा ४३६८ संक्रमित थपिए


देशभर ६२०५ जनाले कोरोना जित्दा ४३६८ संक्रमित थपिए

नेपालगन्ज १६ जेठ : नेपालमा कोरोना परीक्षणको संख्यामा कमी भएसंगै पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्यामासमेत कमी देखिएको छ । यसअघि दैनिक २० हजारमाथि परीक्षण हुँदै आएकोमा आईतबार यो संख्या १२ हजार ७७० मात्र रहेको छ ।

पछिल्लो केही दिनदेखि संक्रमितको संख्यामा कमी आएपनि नेपालमा अझै पनि संक्रमणको दर उच्च रहेको छ । आज पनि परीक्षण गरेकोमा संक्रमणको दर ३४ प्रतिशतभन्दा माथि देखिएको छ ।

यस्तै यसअघि शनिबार पनि १४ हजार ७५२ जनामा कोरोना परीक्षण भएको थियो जसमा थप ४४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । शनिबार थप ६०८० जना निको भएका थिए भने ११६ जनाको मृत्यु भएको थियो ।

पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार ३६८ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ९८६ जनाको पीसिआर र एक हजार ७८४ जनाको एन्टीजेन परीक्षण गर्दा यी ब्यक्तिमा संक्रमण थपिएको हो ।

पीसिआरबाट ३ हजार ७०२ जना र एन्टीजेटमाफर्त ६६६ जना संक्रमित पुष्टि भएको मन्त्रालयले जनाएकोछ । योसंगै देशभर एक लाख ८ हजार ८९७ जना संक्रमित रहेका छन् । कुल संक्रमितमध्ये ७ हजार ५६३ जना संस्थागत र एक लाख १ हजार ३३४ जना होम आइसोलेसनमा रहेकाछन् ।

यसैगरी, पछिल्लो २४ घण्टामा देशभर आज ६ हजार २०५ जना संक्रमित निको भएका छन् । यही अवधिमा देशभर १०९ जना संक्रमितको मृत्यु भएको छ । देशभर ७६३ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।