गैर जमानती हिरासतको माग गर्दै मौन प्रदर्शन

माग सम्बोधन नभए अप्रिय निर्णय लिन्छौं : संघ अध्यक्ष लक्ष्मी


गैर जमानती हिरासतको माग गर्दै मौन प्रदर्शन

नेपालगन्ज १६ जेठ : चिकित्सक सुरक्षाको माग गर्दै भेरी अस्पताल नेपालगन्जमा मौन प्रदर्शन गरिएकोछ ।

भेरी अस्पताल नेपालगन्जमा बाँकेका सम्पूण चिकित्सक लगायत स्वास्थ्यकर्मीले चिकित्सकमाथि बारम्बार आक्रमणका घटना भइरहेको र यस्ता आपराधिक क्रियाकलाप गर्नेमाथि कडा सजायका लागि अध्यादेशमार्फत कानून ल्याउन आवश्यक रहेको बताउँदै मौन प्रदर्शन गरेका हुन् ।

हालै जारी गरिएको ऐनमा ‘जेल विद आउथ विल’ अर्थात गैर जमानती हिरासतको नियम छ । सोही ब्यवस्था कार्यान्वयन गराउन अध्यादेशमार्फत कानून ल्याउन दवाव दिनका लागि एक साताका मौन प्रदर्शन गरिएको हो ।

उक्त व्यवस्थालाई कार्यान्वयन गराउन कानून अध्यादेशमार्फत कानून बनाएर कार्यान्वयन गराए सबैलाई न्याय हुने भन्दै यस्तो दबाव दिन प्रर्दशन गरिएको हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

नेपाल नर्सिङ संघ बाँकेका अध्यक्ष लक्ष्मी केसीका अनुसार चिकित्सिक सुरक्षाका लागि कडा कानून ल्याउन माग गर्दै गरिएको मौन प्रदर्शनसात दिनसम्म गरिनेछ ।

सेतोखरीसंग कुरा गर्दै उनले भनिन्–‘प्रत्येक दिन एक घण्टा बेलुका ५–६ बजेसम्म कालोपट्टि बाँधेर चिकित्सक सुरक्षाको माग गर्दै सरकारलाई दावाव दिइनेछ ।’

‘यही जेठ १३ बिहीबार राती भेरी अस्पतालमा चिकित्सक र स्टाफ नर्स लगायतमाथि भएको सांघातिक आक्रमणले स्वास्थ्य क्षेत्रमा सुरक्षा चुनौती थपिदिएको भन्दै यस्ता घटना नदोहिरनका लागि पनि ‘जेल विद आउथ विल’ आवश्यक छ’ संघकी अध्यक्ष लक्ष्मीले अगाडी भनिन्–‘सात दिनसम्म हाम्रा माग सम्बोधन भएन भने कोभिडका बेला पनि अप्रिय निर्णय लिन बाध्य हुनेछौं ।’

यसैबीच, नेपाल चिकित्सक संघले चिकित्सकको सुरक्षाका लागि सात दिनभित्र अध्यादेश ल्याउन माग गरेको छ ।

संघले आईतबार विज्ञप्ति जारी गर्दै चिकित्सकमाथि बारम्बार आक्रमणका घटना भइरहेको र यस्ता आपराधिक क्रियाकलाप गर्नेमाथि कडा सजायका लागि अध्यादेशमार्फत कानून ल्याउन आवश्यक रहेको जनाएको छ ।

संघले भेरी अस्पतालको घटनालाई गम्भीरतापूर्वक लिएर जेठ १३ गतेलाई कालो दिन घोषणा समेत गरेकोछ ।