नेपालगन्ज १७ जेठ : नेपालमा सुर्तिजन्य पदार्थको प्रयोग नियन्त्रणका लागि सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ जारी गरिएको छ । तर, नेपालमा वार्षिक २७ हजार जनाको सुर्तीजन्य पदार्थको प्रयोगबाट मृत्यु हुने गरेकोछ ।
ऐनअनुसार सार्वजनिक स्थलमा धूमपान तथा सुर्तिजन्य पदार्थ सेवन गरेमा एकसय रुपैयाँ जरिवाना वा हाताबाट निष्कासन वा दुबै सजाय हुनसक्ने, कुनै पनि सञ्चारमाध्यमबाट सुर्तिजन्य पदार्थको विज्ञापन, कार्यक्रम समाचार सूचना सम्प्रेषण वा प्रायोजन गर्न नपाइने यदि गरेमा १ लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने प्रावधान छ ।
१८ वर्षभन्दा कम उमेरका बालबालिका तथा गर्भवतीलाई सुर्तिजन्य पदार्थ विक्रीवितरण गर्न गराउन वा निःशुल्क उपलव्ध गराउन नपाइने, यदि गरेमा १० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने सुर्तिजन्य पदार्थप्रति आकर्षण हुने गरी सजावट वा प्रदर्शन गर्न नपाइने लगायत ८ वटा प्रावधान राखिएको भएपनि यसको प्रभावकारी रुपमा कार्यान्वयन हुनसकेको छैन ।
यस्तै विश्वमा वार्षिक ८० लाखभन्दा बढी मानिसको ज्यान सुर्तिजन्य पदार्थको सेवनका कारण जाने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ ।
विश्वभर ७८ करोडभन्दा बढी मानिसले सुर्तिजन्य पदार्थ प्रयोगलाई त्याग्न खोजिरहेको तर, ती मध्ये एक तिहाइ भन्दा कमले मात्रै त्याग्नका लागि सही परामर्श वा वातावरण पाएको संगठनको तथ्यांक छ ।
यसैबीच, आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस नेपालमा पनि विभिन्न भर्चुअल कार्यक्रम गरी मनाइएको छ । हरेक वर्ष मे ३१ गतेका दिन सुर्तीजन्य पदार्थविरुद्धको दिवस मनाउने गरिन्छ ।
दिवसको यस वर्षको नारा ‘सुर्तिजन्य कुलत त्याग्ने प्रतिज्ञा गर्नुहोस् कुलत त्याग्नेहरु नै वास्तविक विजेता हुन’ भन्ने रहेको छ । दोस्रो चरणको कोरोना भाइरस संक्रमणका कारण यसवर्ष पनि सुर्तिजन्य पदार्थ विरुद्धको दिवस प्रभावित बनेकोछ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?