फेडोद्वारा सहयोग हस्तान्तरण


फेडोद्वारा सहयोग हस्तान्तरण

नेपालगन्ज १७ जेठ : दलित महिला संघ (फेडो) बाँकेले कोभिड– १९ प्रतिकार्यका लागि भेरी अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । फेडोले कोभिड–१९ व्यवस्थापनका लागि अस्पताललाई सोमवार स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

सहयोगबापत फेडोले २ सय ५० भिटिएम किट, १ सय थान सर्जिकल मास्क र ५ लिटर स्यानिटाईजर हस्तान्तरण गरेको छ ।

भेरी अस्पताल परिसरमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा अध्यक्ष निर्मला सुनारले भेरी अस्पताल प्रमुख डाक्टर प्रकाश थापा, अस्पताल बिकास समिति सदस्य सरस्वती मल्ललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकी थिईन् ।

हस्तान्तरण कार्यक्रममा गैसस महासंघ नेपाल बाँकेका अध्यक्ष नमस्कार शाह, पूर्ब अध्यक्ष प्रभातकुमार ठकुरी, फेडोकी कार्यक्रम संयोजक दीलिशा गौतम, लेखा अधिकृत प्रतिभा गुर्ताल, कार्य समिति अञ्जु बिक र बासका निर्देशक हेमराज भट्ट लगायतको उपस्थिती थियो ।

Kanti Aarogya Hospital Nepalgunj

यसैगरी फेडोले आजै भेरी अस्पताल भित्र रहेको अञ्जनी माता रसोईलाई २ हजार बराबरको तरकारी, २ क्विन्टल चामल, १ सय किलो दाल, १४ लिटर तेल, १०० किलो चना सहयोग हस्तान्तरण गरेको छ ।

यस्तै फेडोले कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेलाई शव व्यवस्थापनका लागि ४० सेट पीपिई सहयोग गरेको छ । फेडो अध्यक्ष निर्मला सुनार र गैसस महासंघ नेपाल बाँकेका अध्यक्ष नमस्कार शाहले डिसिसिएमसीका संयोजक एवम बाँकेका प्रमुख जिल्ला अधिकारी शिबलाल गेलाललाई पीपिई हस्तान्तरण गरेका थिए ।

फेडोले भेरी अस्पतालमा रहेका बिरामीहरुलाई पौष्टिक आहार प्रदान गरिरहेको द्वन्द्व पीडित एकल महिला सञ्जाल बाँकेले बासलाई सय क्यारेट अण्डा सहयोग गरेको छ । उक्त सहयोग सञ्जालकी अध्यक्ष जयन्ती खत्रीले ग्रहण गरेकी थिईन् । भने मास्क बैंक सञ्चालन गरि निःशुल्क मास्क बितरण गरिरहेको बासलाई ५ हजार थान मास्क फेडोले आजै प्रदान गरेको छ ।