देशभर थप ६४९१ जनाले कोरोना जिते


देशभर थप ६४९१ जनाले कोरोना जिते

नेपालगन्ज १७ जेठ : देशभर थप ६ हजार ४९१ जना संक्रमित निको भएका छन् । हालसम्म देशभर ४ लाख ४७ हजार ४४६ संक्रमित निको भइसकेका छन् ।

योसंगै नेपालमा संक्रमित निको हुनेदर ७९ दशमलब ७ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १५ हजार ५५ जनाको पीसिआर र २ हजार ४२५ जनाको एन्टीजेन परीक्षण गर्दा ४ हजार ७ सय ६२ जनामा कोरोना संक्रमण पाइएकोछ ।

पीसिआरमार्फत ४ हजार १७८ जना र एन्टीजेटमार्फत ५ सय ८४ जना संक्रमित पुष्टि भएका हो । देशभर एक लाख ६ हजार ४७० जना सक्रिय संक्रमित रहेका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै देशभर एक लाख ६ हजार ४७० जना संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा देशभर ११४ जना संक्रमितको मृत्यु भएको छ । देभभर ६८९ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएकोछ ।