नेपालगन्ज १७ जेठ : देशभर थप ६ हजार ४९१ जना संक्रमित निको भएका छन् । हालसम्म देशभर ४ लाख ४७ हजार ४४६ संक्रमित निको भइसकेका छन् ।
योसंगै नेपालमा संक्रमित निको हुनेदर ७९ दशमलब ७ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसैगरी, मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १५ हजार ५५ जनाको पीसिआर र २ हजार ४२५ जनाको एन्टीजेन परीक्षण गर्दा ४ हजार ७ सय ६२ जनामा कोरोना संक्रमण पाइएकोछ ।
पीसिआरमार्फत ४ हजार १७८ जना र एन्टीजेटमार्फत ५ सय ८४ जना संक्रमित पुष्टि भएका हो । देशभर एक लाख ६ हजार ४७० जना सक्रिय संक्रमित रहेका छन् ।
यस्तै देशभर एक लाख ६ हजार ४७० जना संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा देशभर ११४ जना संक्रमितको मृत्यु भएको छ । देभभर ६८९ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएकोछ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?